राज्य पुनःसंरचना र संविधानसभा सन्दर्भ

राज्य पुनःसंरचना र संविधानसभा सन्दर्भ
चौतारी पुस्तक शृङ्खला ५७

सङ्कलकः कैलाश राई र चिरन मानन्धर
पृष्ठ : ९०, मूल्य : १००
ISBN: 978-9937-8094-2-8

पुस्तक समीक्षा
राजधानी, २०६६ माघ ८
नागरिक, २०६६ माघ ९, अक्षर-का

जननिर्वाचित संविधानसभा "नयाँ नेपाल"को खाका निर्माणमा दत्तचित्त छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, इन्टरनेटदेखि पुस्तक, गोष्ठी, सभा-सम्मेलन, परामर्शमार्फत संविधान निर्माण प्रक्रियामा विभिन्न समूहहरुले हस्तक्षेप गरिरहेका छन्, संविधानको अन्तर्वस्तुबारे बहस-छलफल चलिरहेको छ । यो पुस्तक--राज्य पुनःसंरचना र संविधानसभा सन्दर्भ ग्रन्थ--तिनै भिन्न वैचारिक धरातल र दृष्टिकोणबाट लेखिएका संविधानसभा र राज्य पुनःसंरचनासम्बन्धी सामग्रीहरुबारे जानकारी दिने संग्रह हो ।

संकलित सामग्रीको स्रोतका आधारमा यो पुस्तकलाई जम्मा पाँच अध्याय--पुस्तक, सम्पादित पुस्तक तथा जर्नलमा प्रकशित लेख-रचना, प्रकाशित/अप्रकाशित प्रतिवेदन, कार्यपत्र, र म्यागजिन तथा बुलेटिन--मा बाँडिएको छ । यो ग्रन्थले संविधानसभा र राज्य पुनःसंरचनाबारे नेपालमा उठेका मुद्दा र भैरहेको बहसको छनक त दिन्छ नै, यी मुद्दाहरुको सेरोफेरोमा अध्ययन-अनुसन्धान गर्न चाहनेलाई आधारविन्दु पनि उपलब्ध गराउँछ । नेपालको वर्तमान राजनीतिक संक्रमणबारे चासो राख्ने अध्येता, राजनीतिकर्मी, नीति-निर्माता, बौध्दिक प्राज्ञिक वर्ग र सर्वसाधारणका लागि समेत यो ग्रन्थ उपयोगी हुन सक्नेछ ।

कैलाश राई मार्टिन चौतारीकी अनुसन्धानकर्ता हुन् । विभिन्न जर्नल तथा पत्रपत्रिकामा उनका अनुसन्धानमूलक लेख प्रकाशित छन् । 

चिरन मानन्धर मार्टिन चौतारीका अनुसन्धानकर्ता हुन् । उनको सह-सम्पादनमा  माओवादी विद्रोहः सशस्त्र सङ्घर्षको अवधि (२०६४), माओवादी सङ्घर्षः शान्तिपूर्ण रुपान्तरण (२०६५) र सह-संकलनमा तराई-मधेस सन्दर्भ ग्रन्थ (२०६६) प्रकाशित छन् ।


विषायसूची/Table of Contents

सङ्क्षिप्त रुप/List of Abbreviations छ
धन्यवाद/Acknowledgements ट
परिचय/Introduction १

अध्याय एकः पुस्तक/Books ५
अध्याय दुईः लेख तथा रचना/Articles ३३
अध्याय तीनः प्रतिवेदन/Reports ७३
अध्याय चारः कार्यपत्र/Seminar Papers ७९
अध्याय पाँचः बुलेटिन तथा म्यागजिन/Bulletins and Magazines ८९
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: