तराई-मधेस सन्दर्भ ग्रन्थ
Last Updated on Thursday, 26 January 2012 07:06
Friday, 25 March 2011 09:55
तराई-मधेस सन्दर्भ ग्रन्थ
चौतारी पुस्तक शृङ्खला ५४

सङ्कलकः तीर्थ विष्ट र चिरन मानन्धर
पृष्ठ : २७०, मूल्य : १५०
ISBN: 978-9937-8094-9-8
|
तर्राई-मधेस सर्न्दर्भ ग्रन्थ हालसम्म यस विषयमा भएका कामहरूको सूचीबद्ध ग्रन्थ हो । यहाँ विविध विधाका अध्ययनहरूलाई समेटिएको छ । पुस्तक/प्रकाशित सामग्री; अप्रकाशित प्रतिवेदन र कार्यपत्र; किताबको लेख; जर्नलको लेख; शोधपत्र; पत्रपत्रिकाको सामग्री र इन्टरनेटमा उपलब्ध सामग्री गरी यो सङ्ग्रहमा सात खण्डहरू छन् ।
पत्रपत्रिका र इन्टरनेटमा उपलब्ध सामग्री समसामयिक र राजनीतिक विषयमा बढी केन्द्रित छन् । प्रायः पुस्तकहरू पनि त्यस्तै छन् । तर राजनीतिको अलावा आर्थिक र सांस्कतिक क्षेत्र, साथै प्राकृतिक स्रोत साधन, वातावरण र अन्य सामाजिक पक्षसँगै प्राविधिक विषयका पुस्तकहरू पनि यहाँ परेका छन् । साथै भाषा/वाङ्मयलाई प्रतिनिधित्व गर्ने केही पुस्तकहरू पनि सूचीकृत छन् । त्रिभुवन विश्वविद्यालयलगायत अन्य शैक्षिक केन्द्रहरूमा उपाधिको लागि तयार गरिएका अनुसन्धान र शोध-पत्र समाविष्ट छन् । त्यस्तै विभिन्न जर्नल र पुस्तकभित्र परेका लेखहरू पनि यहाँ समेटिएका छन् । यो पुस्तक विशेषगरी तर्राई-मधेसका विविध पक्षमा चासो राख्ने अध्येता, अनुसन्धाता, विद्यार्थी तथा पत्रकारहरूका लागि उपयोगी छ ।
|
तीर्थ विष्ट समाजशास्त्र/मानवशास्त्रका विद्यार्थी हुन् । उनी मार्टिन चौतारीमा अनुसन्धान सहायकको रूपमा कार्यरत छन् ।
चिरन मानन्धर मार्टिन चौतारीका अनुसन्धानकर्ता हुन् । उनको सह-सम्पादनमा माओवादी विद्रोहः सशस्त्र सङ्घर्षको अवधि (२०६४) र माओवादी सङ्घर्षः शान्तिपूर्ण रूपान्तरण (२०६५) प्रकाशित छन् ।
विषयसूची
सङ्क्षिप्त रूप/List of Abbreviations छ
धन्यवाद ट
परिचय १
खण्ड १
प्रकाशित सामग्री (पुस्तक तथा प्रतिवेदन)/ ५
Published Materials (Books and Reports)
खण्ड २
अप्रकाशित सामग्री (प्रतिवेदन तथा कार्यपत्र)/ ४७
Unpublished Materials (Reports and Seminar Papers)
खण्ड ३
किताबको लेख/Articles from Books ५५
खण्ड ४
जर्नलको लेख/Articles from Journals ६७
खण्ड ५
शोधपत्र/Dissertations and Theses
विद्यावारिधि/PhD ८७
एमफिल/MPhil ९०
स्नातकोत्तर तह/Master's Degree ९१
खण्ड ६
पत्रपत्रिकामा प्रकाशित सामग्री
(Materials from Newspapers and Magazines)
लेख/Articles १ ५९
सम्पादकीय/Editorials २४२
अन्तर्वार्ता/Interviews २४९
खण्ड ७
इन्टरनेटमा उपलब्ध सामग्री/Materials from the Internet
प्रतिवेदन, लेख तथा अन्तर्वार्ता/ २५७
Reports, Articles and Interviews
तराई–मधेससम्बन्धी सामग्री पाइने प्रमुख २७०
वेवसाइट तथा ब्लगहरू/Major Tarai-Madhes Related Websites and Blogs