रेडियो नेटवर्क : अभ्यास, अन्तर्वस्तु र स्थानीय प्रभाव

रेडियो नेटवर्क : अभ्यास, अन्तर्वस्तु र स्थानीय प्रभाव
चौतारी पुस्तक शृङ्खला ५१

लेखक : देवराज हुमागाईं, कोमल भट्ट र हर्षमान महर्जन
पृष्ठ : १९४, मूल्य : १५०
ISBN: 978-9937-8094-6-7


पुस्तक समीक्षा
द रिपब्लिकन मासिक, २०६६ जेठ, वर्ष १, अङ्क ५, पृ ५९-६०
The Himalayan Times, 5 July 2009, p. 9
गोरखापत्र, २०६६ जेठ ९, शनिबार-ग

नेपाली एफएम रेडियोमा भैरहेका नेटवर्किङको अभ्यासबारेको बहसमा यो पुस्तक केन्द्रित छ । बहसका भिन्न धारहरूको चर्चा परिचय खण्डमा गरिएको छ भने पहिलो अध्यायमा एफएम रेडियोमा नेटवर्किङको विकास/विस्तारक्रमलाई केलाइएको छ । विस्तारको प्रवृत्ति हेर्दा भिन्न प्रकृति र उद्देश्यका रेडियो नेटवर्किङहरूको उपस्थिति आउँदा दिनमा बाक्लिने सङ्केत देखिन्छ । पुस्तकको दोस्रो र तेस्रो अध्यायले नेटवर्किङअन्तर्गत प्रसारण भैरहेका सामग्री या कार्यक्रमका अन्तर्वस्तु खोतल्छन् । राष्ट्रिय चासोका यावत्‍ मुद्दाबारे कार्यक्रम तथा समाचार उत्पादन गर्दै तिनलाई मोफसलका श्रोतामाझ पुर्‍याउन नेटवर्किङको भूमिका रहेको यी दुई अध्यायले देखाउँछन् ।

काठमाडौँबाहिरका एफएम रेडियोको अवस्था र तिनमा नेटवर्किङले पारेको प्रभावको लेखाजोखा पुस्तकको चौथो अध्यायमा गरिएको छ । छोटो समयमा बग्रेल्ती रेडियो खुलेकाले तीव्र स्पर्धा त छ नै, दक्ष जनशक्तिको अभाव पनि उत्तिकै छ । यस्तो परिस्थितिमा नेटवर्किङका कार्यक्रमले एफएम रेडियोहरूलाई केही राहत मिलेको भए पनि यसले परनिर्भरता बढाएको छ । र, स्थानीय मुद्दा कम प्राथमिकतामा पर्ने देखाएको छ ।

मिडिया अध्येता, र स्वतन्त्र रेडियोप्रति चासो राख्ने सबैका लागि रेडियो नेटवर्क : अभ्यास, अन्तर्वस्तु र स्थानीय प्रभाव उपयोगी हुनेछ।

देवराज हुमागाईं, कोमल भट्ट र हर्षमान महर्जन मार्टिन चोतारीमा आबद्ध अनुसन्धानकर्ता हुन्।


विषयसूची

तालिका सूची च
तस्बिर सूची छ
सङ्‍क्षिप्त रूप झ
प्राक्कथन ट

परिचय
रेडियो नेटवर्कको बहसमा देखापरेका विविध धार र यो अध्ययन १

अध्याय एकः   रेडियो नेटवर्कको सुरुआत र विकास १९
अध्याय दुईः  नेटवर्कअन्तर्गत बज्ने रेडियो कार्यक्रम र तिनको समीक्षा ४३
अध्याय तीनः   नेटवर्कमा समाचार : उज्यालो र नेपाल एफएम नेटवर्कको अभ्यास ७९
अध्याय चारः   स्थानीय रेडियोको अवस्था र नेटवर्कको प्रभाव ११७

सन्दर्भ सामग्री १७७
अनुसूची      १८१
लेखक परिचय १८७
अनुक्रमणिका १८९
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: