राज्य पुनर्संरचना : राजनीतिक, आर्थिक र सांस्कृतिक दृष्टिकोण

Attention: open in a new window. PDFPrintE-mail

चौतारी पुस्तक शृङ्खला ४९

लेखक: कृष्ण खनाल, झलक सुवेदी र मुक्त सिंह तामाङ
पृष्ठ 160, मूल्य 150
ISBN: 978-9937-8094-4-3

विगत केही वर्षदेखि नेपालमा गणतान्त्रिक राज्य-व्यवस्था, राज्यका अन्य शासकीय स्वरूप, यसैसँग गाँसिएको सङ्‍घीयताको सवाल, परित्यक्त समुदायको सांस्कृतिक अस्तित्वसहितको राजनीतिक अधिकार तथा सर्वसाधारण नेपालीको जनजीवनका सामाजिक-आर्थिक पक्ष समाज परिवर्तन र राजनीतिक रूपान्तरणको मूल विषयवस्तु बन्दै आएका छन्‍ । यीमध्ये केही विषयले ठोस स्वरूप र आकार ग्रहण गर्दै छन्‍ भने केही सतहमै रुमलिएका, नाराबाजीमा अल्झिएका छन्‍ ।

नेपाली सन्दर्भमा कतिपय मुद्दा तथा विषय नितान्त नयाँ हुन्‍ । सङ्‍घीयता, स्वायत्तता, आत्मनिर्णयको अधिकार, बहुसंस्कृतिवाद, आदि नेपाली राजनीतिक बहसमा प्रवेश गरेका अत्यन्तै नयाँ विषयहरू हुन्‍ । ती विषयहरूको सही र वस्तुगत बुझाइको लागि व्यापक तथा गहकिलो बहसको खाँचो छ ।

संविधानसभामार्फत नयाँ संविधान निर्माण तथा राज्य पुनर्संरचनाको मूल एजेण्डासँग जोडिएका शासन प्रणाली, आर्थिक पूर्वाधार र स्रोत-साधनको बाँडफाँट तथा जातीय, लैङ्‍गिक, भाषिक र धार्मिक अधिकारलगायतका सवालहरूलाई ठोस खाका दिने उद्देश्य यस पुस्तकको हो
संविधानसभा भित्र र बाहिर गहकिलो सार्वजनिक बहसको निम्ति यो पुस्तक गतिलो सन्दर्भ सामग्री हुने अपेक्षा गरिएको छ ।

कृष्ण खनाल राजनीतिशास्त्री हुन् । उनी त्रिभुवन विश्वविद्यालयअर्न्तर्गत केन्द्रीय राजनीतिशास्त्र विभागका प्राध्यापक हुन् । खनाल नेपाल तथा एसियाली अध्ययन केन्द्र (CNAS) सँग पनि आबद्ध छन् । नेपाली राजनीति तथा राज्य संरचनासम्बन्धी उनका लेखहरू विभिन्न पत्रपत्रिका, म्यागेजिन, जर्नल तथा पुस्तकमा प्रकाशित छन् ।  

झलक सुवेदी अर्थशास्त्री हुन् । राजनीतिक विश्लेषण उनको रुचिको क्षेत्र हो । उनको लेखनमा नेपाली विद्यार्थी आन्दोलनको आधा शताब्दी (२०४८) र सह-सम्पादनमा आमूल परिवर्तनको खाका (२०६३) Democratic Constitution Making: Experiences from Nepal, Kenya, South Africa and Sri Lanka (2007) प्रकाशित छन् । विभिन्न पत्रपत्रिकामा नेपाली राजनीति र द्वन्द्वसम्बन्धी उनका लेखहरू प्रकाशित छन् । उनी हाल नेपाल साउथ एसिया केन्द्र (NESAC) का अध्यक्ष हुन् ।  

मुक्त सिंह तामाङ मानवशास्त्री हुन् । उनी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय समाजशास्त्र/मानवशास्त्र विभागमा अध्यापनरत् छन् । राजनीति तथा संस्कृतिसम्बन्धी उनका शोधमूलक लेखहरू विभिन्न जर्नलमा प्रकाशित छन् । उनले अमेरिकाको कर्नेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका छन् ।


विषयसूची

प्राक्कथन      छ

लेख  
राज्य पुनर्संरचनाको भावी राजनीतिक गन्तव्य     1    
कृष्ण खनाल

गणतान्त्रिक नेपालको अर्थ-राजनीति       61
झलक सुवेदी

समानता, सङ्‍घीयता र बहुसांस्कृतिक राष्ट्रवाद            105
मुक्त सिंह तामाङ

लेखक परिचय       159
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: