Martin Chautari Mailing List
Last Updated on Thursday, 26 January 2012 07:11 Friday, 25 March 2011 09:47
स्वतन्त्र रेडियोको एक दशक : विकास, बहस र सामाजिक सरोकार| यो पुस्तक- स्वतन्त्र रेडियोको एक दशक : विकास, बहस र सामाजिक सरोकार- नेपालका स्वतन्त्र रेडियोको क्षेत्रमा विगत एक दशकमा हासिल उपलब्धि र देखिएका चुनौतीसम्बन्धी बहसमा केन्द्रित छ । पुस्तक तीन खण्डमा विभाजित छ । पहिलो खण्डले एक दशकमा रेडियो प्रसारणमा भएका संस्थागत विकासबारे जानकारीका साथै वर्तमान चुनौतीहरूसँग परिचित गराउँछ । यसभित्र स्वतन्त्र रेडियोबारे नीतिगत कमीकमजोरी, सर्वोच्च अदालतले नजीरका रूपमा स्थापित गरिदिएका कानूनी उपलब्धिहरू, प्राविधिक रूपमा भोग्नुपरेका कठिनाई, रेडियो नेटवर्कबारेको जानकारी र रेडियो व्यवस्थापनमा देखिएका कठिनाइहरू समेटिएका छन् । दोस्रो खण्डमा सामाजिक सरोकारका कार्यक्रमअन्तर्गत महिला, थारू, दलित तथा मधेसीसम्बन्धी केही सवालहरूबारे चर्चा र विश्लेषण छ । वर्तमान नेपालमा चर्को बहसको विषय बनेका महिला, जनजाति, दलित तथा मधेसी समुदायको समावेशीकरण तथा सशक्तिकरणको सन्दर्भमा एफएम रेडियोले खेल्दै आएको तथा खेल्नसक्ने भूमिका बुझ्न यस खण्डका लेखहरू उपयोगी छन् । अन्तिम खण्डमा एफएम रेडियोमा श्रोताको पहुँच र सहभागिताबारे चर्चा छ । रेडियो तरङ्गसम्म नेपाली नागरिकको पहुँच कति छ र एफएम रेडियोले कस्तो सामाजिक सम्बन्ध निर्माण गरेका छन् भन्ने कुराको त्यहाँ लेखाजोखा गरिएको छ । एफएम रेडियोका आर्थिक, प्राविधिक, नीतिगत तथा कानूनी, श्रोता, कार्यक्रम, आदिबारे थप अनुसन्धान गर्न यो पुस्तकले एउटा बलियो आधार निर्माण गरेको छ । समस्त रेडियोकर्मी, मिडिया अध्येता र हाल नेपालमा भइराखेको सामाजिक रूपान्तरणबारे चासो राख्ने सबैलाई यो पुस्तक उपयोगी छ । |
| < Prev | Next > |
|---|
Discussions at ChautariMartin Chautari organizes discussions thrice a week.
Chautari LibraryNow open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More
Click here for Online Library Catalog
Announcements
Vacancy for a Fund Raising Officer
Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]
Chautari Fellowship on Public Life and Public Knowledge