Last Updated on Thursday, 26 January 2012 07:12 Friday, 25 March 2011 09:45
माओवादी सङ्घर्ष : शान्तिपूर्ण रूपान्तरण|
माओवादी सङ्घघर्षः शान्तिपूर्ण रुपान्तरण क्रान्ति र समाज परिवर्तनबारे नेपाली समाजमा भएको चिन्तन/बहसलाई व्यवस्थित रुपमा बुझ्ने प्रयाससँगै निर्माण भएको हो । समसामयिक राजनीति र ऐतिहासिक घटनाक्रमको आधारमा नेकपा (माओवादी) क्रान्ति र समाज परिवर्तनको राजनीतिक केन्द्र बन्दै आएको छ । त्यसैले माओवादीबारे यसभन्दा पहिला पनि माओवादी विद्रोहः सशस्त्र सङ्घर्षको अवधि पुस्तक हामीले प्रकाशित गरेका थियौं । यो पुस्तक त्यही अध्ययन शृङ्खलाको दोस्रो कडी हो । यस पुस्तकले माओवादीले २०६२ मङ्सिर ७ गते सात दलसँगको बाह्र बुँदे समझदारीमार्फत हतियार बिसाउने प्रतिबद्धता जनाएको समयदेखि सरकारमा सामेल भएसम्मको अवधिलाई समेटेको छ । नेपाली समाजमा लोकतन्त्र र अधिनायकवाद, राजनीतिक आन्दोलन र द्वन्द्वलाई माओवादीले तय गरेको विगत र वर्तमानको राजनीतिक यात्राले राम्रैसँग प्रभाव पारेको छ । मूलतः बाह्र बुँदे समझदारी भएपछि माओवादीले शान्तिपूर्ण सङ्घर्षको बाटो समात्यो । सशस्त्र सङ्घर्षलाई त्याग्ने माओवादीको सो निर्णयले नेपाली राजनीतिलाई बहुआयामिक तवरमा प्रभावित गर्यो । सो सहमतिले धेरै सम्भावना र केही ठूलै जोखिम बोकेको थियो । यस पुस्तकमा माओवादीको सो जोखिमयुक्त यात्रा वरिपरि नेपाली समाजमा भएको चिन्तन/बहसलाई समेट्ने चेष्टा गरिएको छ । त्यसैले माओवादीले भन्दै आएको 'क्रान्तिकारी सङ्घर्ष'को विगत र वर्तमानलाई बुझ्न यो पुस्तक सहयोगी हुने अपेक्षा गरिएको छ ।
|
भास्कर गौतम मार्टिन चौतारीसँग आबद्ध अध्येता हुन् । छायामा जनजाति (२०५८), नेपालमा गरिबीको बहस (२०६१), सहरीकरणः जीविकाको विविध आयाम (२०६३), माओवादी विद्रोहः सशस्त्र सङ्घर्षको अवधि (२०६४) र मधेस विद्रोहको नालीबेली (२०६४) उनको सह-सम्पादन र सम्पादनमा प्रकाशित प्रमुख पुस्तकहरु हुन् । विभिन्न पुस्तक र पत्रपत्रिकामा नेपालको समसामयिक विषयहरुमा उनका लेखहरू प्रकाशित छन् ।
चिरन मानन्धर मार्टिन चौतारीसँग आबद्ध अनुसन्धानकर्ता हुन् । उनको सह-सम्पादनमा माओवादी विद्रोहः सशस्त्र सङ्घर्षको अवधि (२०६४) प्रकाशित छ । सहरी गरिबी र नेपाली राजनीतिमाथि उनको रुचि छ ।
| < Prev | Next > |
|---|
Discussions at ChautariMartin Chautari organizes discussions thrice a week.
Chautari LibraryNow open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More
Click here for Online Library Catalog
Announcements
Vacancy for a Fund Raising Officer
Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]
Chautari Fellowship on Public Life and Public Knowledge