नेपाली बालवाङ्‍मय परिचयकोश

नेपाली बालवाङ्‍मय परिचयकोश
चौतारी पुस्तक शृङ्खला ४४

लेखक: प्रमोद प्रधान
पहिलो संस्करण २०६५
पृष्ठ ५९१ मूल्य ३००
ISBN: 978-9937-8004-7-1


पुस्तक समीक्षा
राजधानी, २०६५ भदौ १०, पृ ६
गोरखापत्र, २०६५ साउन ३२, शनिबार-ख

करिब दुई दशक अघिसम्म पनि नेपाली बालसाहित्यलार्इ महत्व नदिइएका कारण यस क्षेत्रको विकास ढिलो गतिमा भएको देखिन्छ । यस्तो स्थितिमा नेपाली बालसाहित्यअन्तर्गत कुन विधामा कस्ता किसिमका कृति कसले लेखेका छन्‍, के–कस्ता प्रकाशकहरूको यस क्षेत्रमा संलग्नता छ भन्ने तथ्यबारे खोजविन गरी नेपाली बालसाहित्यबारे सबैलाई जानकारी गराउने प्रयोजनहेतु नेपाली बालवाङ्‍मय परिचयकोशको निर्माण गरिएको हो । यस कोशमा प्राप्त भएसम्मका बालसाहित्य र बालवाङ्‍मयका करिब १,२८० कृतिहरूबारे जानकारी दिइएको छ । नेपाली बालसाहित्यका क्षेत्रमा यो यस किसिमको पहिलो कृति हो । यस परिचयकोशले नेपाली बालसाहित्यका अध्येता र अनुसन्धानकर्ताहरूलाई नेपाली बालसाहित्यबारे थप अध्ययन अनुसन्धान गर्न सहयोग पुग्ने छ भने बालसाहित्य लेखकहरूलाई विगतमा के–कस्ता कृतिहरू निस्किए, अब विषय, शैली र भाषाका दृष्टिले के–कस्ता कृतिहरू लेखिनुपर्छ भन्ने विषयमा पनि मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।

प्रमोद प्रधान राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक हुन् । तीन दशकभन्दा बढी समयदेखि साहित्य र पत्रकारिता दुवै क्षेत्रमा क्रियाशील उनको सम्पादन/सह-सम्पादनमा आठओटा पुस्तक प्रकाशित छन् । त्यस्तै तीनओटा कविता सङ्ग्रह, तीनओटा बाल कविता सङ्ग्रहका साथै केही केही अध्ययनः केही अनुसन्धान (२०४४), नेपाली बालसाहित्यको इतिहास (२०५७) र मोरङमा पत्रकारिताको अर्धशताब्दी (२०६१) उनका महत्वपूर्ण मौलिक कृतिहरु हुन् ।


विषयसूची

भूमिकाः एउटा मूल्यवान्‍ पुस्तक          छ
विश्वम्भर चञ्चल

लेखकीय ड

परिचयः नेपाली बालवाङ्‍मय लेखन र यो कोश   १

अध्याय
एक : नेपाली बालवाङ्‍मयका ऐतिहासिक महत्वका दुई कृति  १९
दुई : बालकविता/बालगीत/बालखण्डकाव्य/बालगजल/बालहाइकु        २१
तीन : बालकथा १३५
चार : बालउपन्यास २७५
पाँच : बालएकाङ्‍की/बालनाटक ३०१
छ : बालोपयोगी जीवनी ३०९
सात : बालनिबन्ध ३३१
आठ : चित्रकथा/चित्रपुस्तक ३३९
नौ : बालअन्तर्वार्ता ४०५
दस : अनूदित बालपुस्तक ४०७
एघार : विविध बालपुस्तक ५१५
बाह्र : बाल–शब्दकोश ५४९
तेह्र : बाल–विश्वकोश ५५१
चौध : अङ्‍गे्रजीमा लेखिएर नेपालीमा अनूदित नेपाली लेखकका कृति ५५३
पन्ध्र : नेपाली भाषामा लेखिएका बालसाहित्यसम्बन्धी कृति    ५५७
सोह्र : नेपाली बालसाहित्यबारे अङ्ग्रेजी भाषामा लेखिएका कृति ५६५

सन्दर्भ सामग्री ५६७

परिशिष्ट
१. संस्थागत प्रकाशकहरूको सूची ५६९
२. प्रकाशनको स्थिति          ५७५
३. 'मेरो सानो साथी' कृतिको लेखकबारे राखिएको जिज्ञासा र स्पष्टोक्ति ५७९

लेखक अनुक्रमणिका ५८३
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: