समावेशीकरण: राजनीतिक दल, राज्य र मिडिया

समावेशीकरण: राजनीतिक दल, राज्य र मिडिया
चौतारी पुस्तक शृङ्खला ४३

सम्पादक: अनुभव अजीत
पहिलो संस्करण २०६५
पृष्ठ १५५ मूल्य १२५
ISBN: 978-9937-8094-0-5

नेपाली राज्यसत्तामा परम्परादेखि नै निश्चित वर्ग हावी रहेको र विकासको समग्र प्रतिफल त्यही वर्गको हितमा मात्र प्रयोग भइआएको छ । राज्यका केही प्रमुख निकाय, राजनीतिक दलहरू एवं मिडियाभित्र जातीय तथा लैङ्गिक विविधता र सहभागिताबारे खोजीनिती गर्ने प्रयासस्वरुप यस पुस्तक समावेशीकरण: राजनीतिक दल, राज्य र मिडिया जन्मिएको हो ।

पुस्तकमा राजनीतिक दल, निजामती सेवा, प्रहरी, सेना र मिडियामा केन्द्रत भई जातीय र लैङ्गिक सहभागिताबारे लेखाजोखा गरिएका पाँच लेख र परिचयले स्थान पाएका छन्‍ । यी लेखहरूले ती संस्था र निकायका असमावेशी चरित्रलाई उजागर मात्र गरेका छैनन्‍, समावेशीकरणको औचित्य र प्रक्रिया पनि सुझएका छन्‍ । तसर्थ समावेशीकरणको बहसलाई व्यापक र ठोस बनाउनुका साथै यसबारे व्यावहारिक तहमा मिहिन रूपमा सोच्न यस पुस्तकले सघाउने छ । समतामूलक सामाजिक अभ्यासको अभियानमा सामाजिक–राजनीतिक रुपान्तरणप्रति सजग र क्रियाशील सबैको सहभागितालाई व्यापक एवं लोकतान्त्रिक बनाउने विषयमा केही मूर्त प्रस्ताव पनि यसले अघि सारेको छ । राज्यका नीतिनिर्माता, समावेशीकरणका अभियानकर्ता, अध्येताका साथै नेपाली समाज र राजनीतिमा चासो राख्ने सबैका लागि यो पुस्तक उपयोगी छ ।

अनुभव अजीत मार्टिन चौतारीमा आबद्ध अनुसन्धानकर्ता हुन् । नेपाली चलचित्रबारे उनका लेखहरु प्रकाशित छन् । नेपाली समाज र राजनीतिको अध्ययनमा उनको रुचि छ ।


विषयसूची

प्राक्कथन
परिचयः समावेशीकरणको बहस र प्रक्रिया १
अनुभव अजीत

राजनीतिक दलहरूमा समावेशीकरणको अवस्था ११
भीमप्रसाद भुर्तेल

निजामती सेवामा समावेशीकरण ४१
हिक्मत विश्वकर्मा

नेपाल प्रहरीमा समावेशीकरण ७१
टीकाराम राई

नेपाली सेनामा जातीय विविधता ९९
दीपक प्रकाश भट्ट

नेपाली मिडियामा समावेशीकरण: बहसको निम्ति खाका ११९
प्रत्यूष वन्त

लेखक परिचय १५४
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: