Martin Chautari Mailing List
Last Updated on Thursday, 26 January 2012 07:21 Friday, 25 March 2011 09:36
मधेस विद्रोहको नालीबेली| यस पुस्तकमा मधेस विद्रोहको बहुआयामिक असर/प्रभावहरूको आत्मविश्वास दृढ हुनुका बाबजुद सामाजिक–राजनीतिक वृत्तमा माघे विद्रोहबाट प्रत्यक्ष फाइदा पाएका मधेसीहरू सीमित छन् भने दूरदराजमा यो विद्रोहले केही तात्विक असर नगरेको अनुभव गर्ने मधेसीहरू धेरै छन् । त्यसैले माघे विद्रोहले नेपालको इतिहासमा पहिलो पल्ट मधेसी समावको सामाजिक सम्बन्धमा व्यापक परिवर्तन ल्याउने धेरै आधारहरू खडा गरेको छ । यस पुस्तकमा स्थानीय तहमा वा राष्ट्रिय स्तरमा सामाजिक–राजनीतिक सम्बन्धमा फेरबदल ल्याउन सक्ने माघे विद्रोह कसरी भयो भनेर चित्रण गर्ने प्रयास भएको छ । मधेस द्वन्द्वले माघे विद्रोहपछि विभिन्न उतार चढाव तय गरेको भए पनि २०६३ पुस–माघले मधेसीको सवाललाई नयाँ सांस्कृतिक–राजनीतिक मान्यता प्रदान गर्यो । माघे विद्रोहले निम्त्याउने विविध आयाम पूर्व नै पूर्वी र मध्य तराईमा फैलिएको असन्तोषबाट प्रारम्भमै राजनीतिक दलहरूमा हाबी छोटो राजनीतिक स्वार्थ एवं आपसी द्वेषको अलावा तत्कालीन समयमा मधेसी सवाललाई बुझ्ने सन्दर्भमा देखिएको कमीले पनि काठमाडौँका वर्चश्ववादीहरू मधेसीहरूप्रति आक्रामक थिए । मधेसीहरूको अस्तित्वलाई नै नकारेको नेपाली समाजले एकाएक उनीहरूले प्रदर्शन गरेको साहसलाई स्वीकार्न सकेन । नेपाली समाजमा वर्चश्व भएकाहरूले मधेसीहरूको न्यायोचित सङ्घर्षलाई आफूमाथिको खतराको रूपमा बुझे । यसले पनि माघे विद्रोह र त्यसपछिका आयाम चौतर्फी दृष्टिले जटिल बन्दै गयो । यस पुस्तकमा समावेश अधिकांश लेखहरू यिनै विश्लेषणहरूमा केन्द्रित छन् । |
| < Prev | Next > |
|---|
Discussions at ChautariMartin Chautari organizes discussions thrice a week.
Chautari LibraryNow open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More
Click here for Online Library Catalog
Announcements
Vacancy for a Fund Raising Officer
Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]
Chautari Fellowship on Public Life and Public Knowledge