समावेशी मिडिया

समावेशी मिडिया
चौतारी पुस्तक शृङ्खला ३८

२०६४ (सन् २००८)
शेखर पराजुली
पृष्ठः २८८   मूल्यः १२५
ISBN: 978-9937-8004-3-3


पुस्तक समीक्षा
राजधानी, २०६५ वैशाख १३, पृ ६

जाति, लिङ्ग, धर्म, संस्कृति, भाषा इत्यादिका हिसाबले नेपाली समाजमा विविधता भेटिन्छ । तर नेपाली मिडियाका समाचार कक्षमा महिला, जनजाति, दलित र मधेसीको उपस्थिति उनीहरूको जनसङ्‍ख्याको अनुपातमा झिनो छ । पत्रकारितामा यी विभिन्न समुदायबाट जे जति संलग्न भएका छन् तिनले पनि विभिन्नखाले भेदभाव व्यहोर्नुपरेको गुनासो सुन्न पाइन्छ । नेपाली समाजमा विद्यमान बहुल विशेषता मिडिया जगत्‌मा पनि हुनु पर्छ भन्ने आशयका लेखहरूको सँगालो हो यो पुस्तक – समावेशी मिडिया ।

यस पुस्तकमा मिडियामा महिला, जनजाति, दलित र मधेसी पत्रकारको सहभागिताका विभिन्न पक्षबारे लेखाजोखा गरिएका एघार ओटा लेखहरू छन् । त्यसबाहेक नेपाली मिडियामा समावेशीकरणको बहस अगाडि बढाउने खाका सहितको परिचयात्मक लेख र थोरै उपस्थित समुदायका प्रतिनिधिहरू बढाउनेबारे सुझावहरूको सँगालो तथा सन्दर्भ सामग्री पनि यस पुस्तकमा परेका छन् । मिडिया जगत्‌लाई समावेशी बनाउन किन आवश्यक छ र त्यसका चुनौती र प्रक्रिया के के हुन् भन्नेबारेको बहसलाई खँदिलो र प्रभावकारी बनाउन यो पुस्तकले सघाउँछ । सामाजिक अभियन्ता, सञ्चारकर्मी, पत्रकार, विद्यार्थीलगायत नेपाली सञ्चार जगतसँग सम्बद्ध सबैका लागि यो पुस्तक उपयोगी छ ।

प्रत्यूष वन्त, हर्षमान महर्जन, देवराज हुमागाईं,  शेखर पराजुली चारैजना मार्टिन चौतारीमा आबद्ध अनुसन्धानकर्ता हुन् ।


विषयसूची

धन्यवाद
परिचयःसमावेशी मिडिया: बहसको खाका
प्रत्यूष वन्त

महिला
एकः   सञ्चारमाध्यममा महिला सहभागिताको संवर्धन: बाधा र चुनौतीहरू
अञ्जु क्षेत्री

दुईः   टेलिभिजनमा महिला: न्यून सङ्‍ख्या/कमजोर स्थिति
दीपा गौतम

तीनः  नेपाली मिडिया: पुरुषको, पुरुषबाट र पुरुषकै लागि
सङ्गीता लामा

चारः   सञ्चारकर्मी महिलाका समस्याहरू        
वन्दना राणा, ज्ञानु पाण्डे, हरिकला अधिकारी, दीपा गौतम र कृष्ण भट्टचन

जनजाति, दलित र मधेसी
पाँचः   प्रिन्ट मिडियामा दलित र जनजाति सहभागिता: राष्ट्रिय सर्वेक्षण
शेखर पराजुली र भास्कर गौतम

छः    नेपाली टेलिभिजनमा सामाजिक समावेशीकरण
टङ्क उप्रेती

सातः   रेडियोमा दलित सहभागिता र कार्यक्रम
जेवी विश्वकर्मा

आठः   सञ्चारमा दलित महिला          
पवित्रा सुनार

नौः  रेडियोमा मधेस र मधेसी
धीरेन्द्र प्रेमर्षि

दसः   नेपाली मिडियामा मधेसी पत्रकार
चन्द्रकिशोर

एघारः  बहुलवादी मिडियाका लागि अनिज
खिम घले

सुझाव
बाह्रः   मिडियालाई कसरी समावेशी बनाउने ?

सन्दर्भ सामग्री
तेह्रः    मिडिया र समावेशीकरण: अध्ययन सामग्री
कोमल भट्ट

लेखक परिचय
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: