चौतारी पुस्तक शृंखला - १०८
विद्यालय शिक्षाका विभिन्न पक्षमा केन्द्रित पुस्तक, लेख, अनुसन्धान-पत्र वा शोध ग्रन्थहरूको संख्या नेपालमा हालैका वर्षमा यथेष्ठ बढेको छ । यद्यपि, सार्वजनिक शिक्षाका धेरै पक्षमा अध्ययन-अनुसन्धान हुन अझै बाँकी छ । यस्तै कम अनुसन्धान भएको एउटा क्षेत्र सार्वजनिक विद्यालय शिक्षाको इतिहास पनि हो । नेपालको शैक्षिक इतिहासबारे जे-जति लेखिएको छ, तिनको प्रमुख धार “राज्य-केन्द्रित” छ । नेपालमा विद्यालय शिक्षा : इतिहास, राजनीति र समाजमा संगृहीत लेखले अलि भिन्न धार र विधिबाट नेपालको शैक्षिक इतिहास (राणा कालको अन्तिम पाउदेखि सन् १९९० सम्मको) केलाएका छन् ।
नेपालका विभिन्न सामाजिक समूह—बाहुन-क्षत्री, महिला, मधेशी र दलित—मा औपचारिक शिक्षाको विस्तार; उनीहरूको शैक्षिक पहुँच र विस्तारमा विभिन्न व्यक्ति (कर्ता) ले गरेका प्रयत्न; र ती प्रयत्नका सामाजिक आधारबारे नेपालमा विद्यालय शिक्षामा विस्तृतमा चर्चा गरिएको छ । नेपालमा सार्वजनिक शिक्षा विस्तारको अन्तर्देशीय आयामलाई समेत पुस्तकले उजागर गर्छ । त्यस बाहेक, पञ्चायतकालीन शिक्षा-राजनीति बुझ्न समेत पुस्तक महत्त्वपूर्ण छ । शिक्षाको इतिहास र राजनीति एवं शिक्षा, राजनीति र समाजको अन्तर्सम्बन्धबारे चासो र रुचि राख्नेहरू, विद्यार्थी, शिक्षा-अध्येता तथा नीति-निर्माता सबैलाई यो पुस्तक उपयोगी छ ।
|
विषयसूची
धन्यवाद छ
परिचय
नेपालमा सार्वजनिक शिक्षा विस्तारको इतिहास १
लोकरञ्जन पराजुली, प्रत्यूष वन्त र देवेन्द्र उप्रेती
अध्याय १
ब्राह्मणहरूको शैक्षिक गतिशीलता : हरिहर संस्कृत पाठशालाको उदय र उन्नतिको इतिवृत्त २३
अर्जुन पन्थी
अध्याय २
हिन्दू समाजमा दलित शिक्षा ७१
देवेन्द्र उप्रेती र शिवहरि ज्ञवाली
अध्याय ३
पुरुष (उत्थान) का लागि महिला शिक्षा : राणाकालको उत्तरार्धमा नेपालमा स्त्री शिक्षाको बहस ११७
लोकरञ्जन पराजुली
अध्याय ४
मध्य-मधेशका विद्यालयहरूको सामाजिक र राजनीतिक विवेचना १६५
सीके लाल
अध्याय ५
रणभूमिको रूपमा शिक्षालय : पञ्चायतकालीन शिक्षा-राजनीति १९१
लोकरञ्जन पराजुली
अध्याय ६
निषेधित संशय : राष्ट्रिय इतिहास निर्माणमा पाठ्यपुस्तकको प्रयोग २३१
प्रत्यूष वन्त
लेखक/सम्पादक परिचय २९१
अनुक्रमणिका २९३
पुस्तक समीक्षा
पञ्चायती शिक्षाको गैरसरकारी आख्यान
Delving Deep into History of School Education