Tuesday, 25th Apr 2017
Call for Application: Chautari Peace Fellowship 2017
Date: 13 Apr 2017

 

Click here for English version

 

नेपालको शान्ति प्रक्रियाबारे चौतारी फेलोसिप २०१७

 

मार्टिन चौतारीले यूएनडीपी नेपालसँगको सहकार्यमा सन् २०६२/६३ (सन् २००६) यता नेपालको शान्ति स्थापनार्थ भएका प्रयासबारे अनुसन्धान गर्न फेलोसिप प्रदान गर्दैछ । सामान्यतः नेपालको शान्ति प्रक्रिया, द्वन्द्वबाट शान्तितर्फको संक्रमण, पुनर्निमाण, संक्रमणकालीन न्याय, संविधान निर्माण प्रक्रिया, आदि विषयमा अनुसन्धान र बहसलाई प्रवर्द्धन गर्नु यो फेलोसिपको उद्देश्य हो । साथै, १० वर्षे शान्ति प्रक्रियाको अनुभवबाट शान्ति र विकासको अन्तर्सम्बन्धले नेपालको भविष्यलाई कसरी प्रभावित पार्नेछ भन्ने विश्लेषणमा सघाउन यो फेलोसिप दिन लागिएको हो ।

नेपाली विश्वविद्यालयमा जुनसुकै विषयमा स्नातकोत्तर तहमा शोध लेखनको चरणमा पुगेका वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थी तथा स्वतन्त्र अनुसन्धानकर्ताले यसमा भाग लिन सक्नेछन् । अनुसन्धानको अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ । आवेदकले आफ्नो आवेदनका साथमा सम्बन्धित विषयको अनुसन्धान प्रस्ताव र आफ्नो बायोडाटा पेश गर्नुपर्नेछ । अनुसन्धान प्रस्तावको मूल्यांकनका आधारमा आवेदकहरूमध्येबाट प्रारम्भिक छनोट गरी अन्तर्वार्तामार्फत फेलोहरूको अन्तिम छनोट गरिनेछ । अनुसन्धान प्रस्ताव नेपाली वा अंग्रेजी भाषामा टाइप गरिएको र अधिकतम तीन हजार शब्दसम्मको हुनुपर्नेछ । बढीमा ३ जनासम्मलाई प्रदान गरिने यस फेलोसिपअन्तर्गत अनुसन्धानकर्ताहरूलाई ६ महिनासम्म मासिक अनुसन्धान वृत्ति तथा अध्ययन क्षेत्रसम्म आवतजावत गर्न एकमुष्ट सामान्य यातायात खर्च उपलब्ध गराइनेछ ।

सामाजिक रूपमा पछाडि पारिएका समुदाय वा क्षेत्रका सदस्यहरूलाई आवेदन दिन प्रोत्साहित गरिन्छ ।

आवेदन दिने अन्तिम मिति
२०७४ वैशाख ३१ (१४ मे २०१७)

आवेदन पठाउने ठेगाना 
मार्टिन चौतारी 
पोस्ट बक्स नं १३४७०, २७ जीतजंग मार्ग
थापाथली, काठमाडौँ 
फोन नं ४२३८०५०, ४१०२०२७ 
इमेल: chautari@mos.com.np

 

 


Display#
Title Date
समाज अध्ययन जर्नलका लागि लेख–रचना आह्वान 25 Jul 2016
Medieval Nepal: An Introductory Reading Seminar with Yogesh Raj [Registration CLOSED] 24 Jan 2017
Literature and Politics: A Reading Seminar on Modern Political Fiction with Dr BP Giri [Registrtion CLOSED] 22 Feb 2017
Call for Application: Chautari Peace Fellowship 2017 13 Apr 2017
mcannouncements