Thursday, 23rd Nov 2017
समाज अध्ययन जर्नलका लागि लेख–रचना आह्वान
Date: 25 Jul 2016
 
 
मार्टिन चौतारीले वि.सं. २०६३ (सन् २००६) देखि नियमित 
प्रकाशन गर्दैआएको मिडिया अध्ययन जर्नलकै विस्तारित स्वरुप हो समाज
अध्ययन । नेपाली भाषामा वार्षिक रुपमा प्रकाशन हुने यस 'पियर रिभ्युड' जर्नलमा 
समाज विज्ञानका कोर विषय समाजशास्त्र, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र लगायत आमसञ्चार, 
भाषा, कला, संस्कृति, दर्शन, भूगोल, अर्थ, कानून, साहित्य, शिक्षा, जनस्वास्थ्य, वातावरण, विकास, आदि बारेका 
सामग्री छापिने छन् । ती विषयका अनुसन्धानात्मक लेख, टिप्पणी, साहित्य समीक्षा, पुस्तक समीक्षा, 
अन्तर्वार्ता, चित्रकथा, प्रतिवेदन, सन्दर्भ सूची एवं महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजले समाज
अध्ययनमा ठाउँ पाउनेछन् । तसर्थ, प्रकाशनका लागि आफ्ना लेख–रचना उपलब्ध 
गराउन समाज विज्ञानमा रूचि राख्ने समस्त लेखक वर्गसँग हामी हार्दिक 
आग्रह गर्दछौँ । लेख– रचनासम्बन्धी मापदण्ड यस जर्नलको 
सम्पादकीय निर्देशिकामा उल्लेख भएअनुसार हुनेछ ।
 
 
सम्पर्कः 
सम्पादक मण्डल, समाज अध्ययन (जर्नल) 
मार्टिन चौतारी, थापाथली, काठमाडौँ, नेपाल 
पोष्ट बक्स १३४७० 
फोन ४१०२०२७, ४२३८०५०, ४१०२२४३
फ्याक्स ४२४००५९ 
इमेल samaj.adhyayan@gmail.com
वेब साइट www.martinchautari.org.np

Display#
Title Date
समाज अध्ययन जर्नलका लागि लेख–रचना आह्वान 25 Jul 2016
Call for Papers and Panels Chautari Annual Conference – 2018 [deadline extended] 19 Jul 2017
Call for Applications for “Academic Writing Workshop V” at Martin Chautari 16 Aug 2017
Vacancy Announcement for Support Staff Administration 14 Nov 2017

Follow Us 

facebook2 twitter2 Youtube2

mcannouncements