Saturday, 25th Mar 2017

85.MediaAdhyayan10

मिडियाका विविध पाटामाथि अनुसन्धान र बहस प्रवर्द्धन गर्न चाहनेहरूका लागि सन् २००६ मा प्राज्ञिक जर्नलको रूपमा मिडिया अध्ययन सुरु गरिएको थियो। त्यति बेला मिडिया अध्ययनका क्षेत्रमा देखिएका वस्तुगत र विश्लेषणात्मक सामग्रीको अभाव कम गर्ने उद्देश्य यसको थियो। सन् २००६ देखि २०१५ सम्मको दश अंकमा मिडियाका विभिन्न क्षेत्र जस्तै छापा, रेडियो, टेलिभिजन, चलचित्र, इन्टरनेट, पुस्तक प्रकाशन, सूचना प्रविधि आदिबारे अनुसन्धानमूलक तथा प्राज्ञिक लेख, विचार, टिप्पणी, संस्मरण, पुस्तक समीक्षा, अन्तर्वार्ता, प्रतिवेदन, सन्दर्भ सामग्री र अन्य सान्दर्भिक दस्तावेज प्रकाशन गरिएको थियो। मिडिया अध्ययनको १ देखि ८ अङ्कसम्मको प्रकाशक मार्टिन चौतारी थियो। सन् २०१४ को नवौँ अंक भृकुटी एकेडेमिक पब्लिकेसन्सले प्रकाशन गरे पनि दशौँ अंक पुनः मार्टिन चौतारीले नै प्रकाशन गरेको थियो।

मिडियाबारे अनुसन्धान फाट्टफुट्ट हुने र भएका अनुसन्धानलाई पनि प्राज्ञिक कसरत गरी यस्ता जर्नल वा अन्य माध्यममार्फत बाहिर ल्याउने जमात अत्यन्तै सानो भएकाले मिडियामा मात्र केन्द्रित जर्नलको निरन्तरता चुनौतीपूर्ण रह्यो। अर्कोतर्फ व्यापक समाज विज्ञानको क्षेत्र समेटिने नेपाली भाषाको जर्नलको आवश्यकता उत्तिकै खट्‌किएको थियो। त्यसैले मिडिया अध्ययनलाई नयाँ नाम – समाज अध्ययन – र अन्तर्वस्तुसहित रूपान्तरण गर्ने निर्णय गरिएको छ। (थप जानकारी

जर्नल समीक्षा 
पत्रपत्रिकामा प्रकाशित मिडिया अध्ययनको समीक्षा
मिडिया अध्ययनका आठ वर्ष: स्वमूल्यांकन
मिडिया अध्ययनका आठ वर्ष: बाह्य मूल्याङ्कन

 
 
Media Adhyayan Journal [Media Studies Journal]