Thursday, 20th Jul 2017

चौतारी पुस्तक शृंखला - ८८
पहिलो संस्करण २०७३ (सन् २०१७)

 

डा. तीर्थबहादुर श्रेष्ठ
पृष्ठ ः vi+३२
ISBN: 978-9937-594-15-8

 

 

 

भूगोलको जैविक पक्षबाट हेर्दा नेपाल एशियाका छ ओटा प्रमुख जैविक प्रान्तको भेटघाट हुने साझा चौतारी हो । जीवप्राणी वा वनस्पतिको भौगोलिक क्षेत्र विस्तारको मार्ग प्रशस्त गर्ने चौबाटो पनि हो नेपाल । पर्वतीय धरातलले निर्माण गरेको विविध हावापानीका कटिबन्धका बाटा पहिल्याएर पश्चिममा भूमध्यसागरसम्मका जीवप्राणी र वनस्पति नेपाल आइपुगेका छन् । पूर्वतिर चीन-जापान जैविक प्रान्तका जीवप्राणी र वनस्पति नेपालको बाटो गरेर पश्चिमतिर फैलने क्रम जारी छ । अर्कोतिर हिमालयको उच्चपर्वतीय धरातलले मध्य एशिया तथा दक्षिण एशियाका जैविक प्रान्तलाई छुट्ट्याउने काम गरेको छ । कतै तगारो त कतै विस्तारमार्गको भूमिका खेल्दाखेल्दै केही स्थानविशेषलाई भने अद्वितीय जीवक्षेत्रको रूपमा स्थापित गर्न सफल भएको छ हाम्रो पर्वतीय परिवेश । जैविक भूगोलको प्राकृतिक परिवेशलाई पछ्याएर नेपालीहरूले आफ्नो जीवन र जीविकोपार्जनको शैली बनाएका छन् । त्यसैसित जोडेर तिनले आफ्नो जातीय साँस्कृतिक भूगोलको पनि क्षेत्र निर्धारण गरेका छन् । नेपालीहरूको साँस्कृतिक विविधता त्यसैको प्रतिफल हो ।

हिजोका दिनमा जैविक भूगोलले स्थापित गरेका ती तगारा र विस्तारमार्गले कोल्टो फेरेका छन् । कतिपय तगारा भत्कँदैछन् र कतिपय प्रसारणमार्ग तगारामा रूपान्तरित छन् । विभिन्न विकास निर्माणका कार्य, जलवायु परिवर्तन एवं भूराजनीतिक चलखेलले समेत नेपालको जैविक भूगोल बदलिँदो छ । अर्थसामाजिक र अर्थराजनीतिक गतिविधिले ल्याएका जैविक भूगोलको परिवर्तनका विविध पक्षबारे यो आलेखले सार्वजनिक बहस चलाउने जमर्को गर्छ ।

विषयसूची

अध्यक्षको प्रारम्भिक मन्तव्य
पृष्ठ १

नेपालको जैविक भूगोलको पुनरावलोकन ७
जैविक प्रान्तको चौतारी नेपाल ७
नेपालको गौरवमय जैविक विविधता १०
एशियाको माझमा उठेको हिमाल १४
विश्व जैविक भूगोलको प्रतिविम्ब नेपाल १७
नेपालको पर्यावरणीय नक्सा १९
जैविक भूगोलमा स्थानीयता (इण्डेमिजम्) २१
जैविक भूगोलभित्रका मानवीय भूगोलमा नयाँ परिवर्तन २६

सन्दर्भ सामग्री ३०

नेपालको जैविक भूगोलको पुनरावलोकन