Saturday, 25th Mar 2017

Chautari Bibliographies

Several bibliographies have been prepared by researchers associated with Martin Chautari (MC) since 1997. Many of these have been published as chapters in the journals Studies in Nepali History and Society (SINHAS) and Media Adhyayan [Media Studies] and in various books editorially prepared by MC. All of the bibliographies prepared at MC are listed below, arranged in alphabetical order by the last name of the compilers/editors, and most of them have been uploaded here since this section of the MC website was activated in October 2010. Increasingly, new bibliographies prepared by MC researchers will first be published at this site. In addition, we will also upload bibliographies prepared by independent researchers and colleagues based in other institutions. All bibliographies will have to be related to Nepal or have a strong comparative component related to Nepal. Please note that the respective compilers of the bibliographies hosted here are responsible for the accuracy of the text therein. Also the in-house stylistic requirements of MC's referencing system might not have been followed in the bibliographies prepared by non-MC colleagues. If you have any suggestions or comments on the bibliographies available here, please send them to the email address given below. Also if you have prepared bibliographies that can be uploaded here, please send a short description of them (with an introduction of the theme/topic and the approximate number of entries) to sinhas@mos.com.np

मार्टिन चौतारीसम्बद्ध अनुसन्धाताहरूले सन् १९९७ देखि नै विभिन्न विषयमा केन्द्रित रही थुप्रै सन्दर्भ सूची तयार गर्दै आएका छन् । केही सन्दर्भ सूचीलाई चौतारीले पुस्तकको रुपमा प्रकाशन गरेको छ भने कतिपय सामग्री स्टडिज् इन नेपाली हिस्ट्री एण्ड सोसाइटी र मिडिया अध्ययन जर्नलमा छुट्टै खण्डको रूपमा पनि प्रकाशित छन् । चौतारीअन्तर्गत तयार गरिएका सबै सन्दर्भसूचीको विवरण सम्पादक/संकलकको थरको वर्णानुक्रमअनुसार मिलाएर तल प्रस्तुत गरिएको छ । ती सूचीमध्ये केहीलाई छाडेर अन्य सूची यो वेबसाइटमा (अक्टोबर २०१० देखि) उपलब्ध छन् । र, बाँकी सामग्री पनि क्रमशः अपलोड  गरिनेछ । चौतारीका अनुसन्धाताले तयार गर्ने नयाँ सन्दर्भसूचीहरु पहिलोपल्ट यहीँ प्रकाशन गर्न थालिएको छ । अन्य संस्थामा आबद्ध स्वतन्त्र अनुसन्धाताले तयार गरेका केही सन्दर्भसूचीलाई पनि हामीले यहाँ स्थान दिएका छौँ । यहाँ उपलब्ध हुने सन्दर्भसूची नेपालसम्बन्धी वा तुलनात्मक रुपले नेपालसम्बन्धी प्रविष्टि धेरै भएका हुनु पर्ने हाम्रो मान्यता छ । यो साइटमा प्रकाशित सन्दर्भसूचीको पाठ र त्यसको शुद्धता (एक्युरेसी) प्रति संकलक/सम्पादक नै जिम्मेवार छन् । चौतारी असम्बद्ध अनुसन्धानकर्ताले तयार गरेको सन्दर्भसूचीहरू चौतारीले अभ्यास गरिरहेको सन्दर्भसामग्री उल्लेख गर्ने शैलीभन्दा केही फरक हुन पनि सक्छ । यो वेबसाइटमा राखिएका सन्दर्भसूचीबारे कुनै सुझाव वा टिप्पणी भए तलको इमेल ठेगानामा पठाएर सहयोग गर्नु होला । यदि तपाईले पनि कुनै विषयको सन्दर्भसूची तयार गर्नु भएको छ भने त्यसलाई चौतारीको वेबसाइटमा प्रकाशन गर्न सक्नुहुन्छ । यसका लागि सन्दर्भसूचीले ओगटेको विषय, समावेश सामग्रीको संख्या, आदिबारे जानकारी सहितको छोटो परिचय र सूची sinhas@mos.com.npमा पठाउनु होला ।

Display#
Title Date
Bibliography on Constituent Assembly 22 Apr 2015
22 Apr 2015
22 Apr 2015
Kehi Samajik Sandarbha 22 Apr 2015
Kehi Samajik Sandarbha 22 Apr 2015
Bibilography