चौतारी पुस्तक शृङ्खला ९
| वातावरणीय न्यायको सहरी सन्दर्भः पोखराको एक अध्ययन
सम्पादकः जगन्नाथ अधिकारी प्रकाशकः मार्टिन चौतारी र सामाजिक विकास तथा अनुसन्धान केन्द्र पहिलो संस्करण २०५९ / सन् २००३ पृष्ठ १६० , मूल्य रु १२५ ISBN 99933 782 5 9 |
|
विकास र वातावरणबीचको अन्तरसम्बन्धबाट उत्पन्न वातावरणीय प्रतिफल र खतराहरू समाजका विभिन्न समूह , वर्ग, जाति/ जनजाति आदिमाझ हुने असमान वितरणबाट नै ' वातावरणीय न्याय' को अवधारणाको विकास भएको हो । विश्वव्यापी रूपमा नै समाजमा ज्ञान र शक्तिको असमान वितरण भएकाले शक्तिविहीन/ गरिब/ पिछडिएका/ अल्पसङ्ख्यक जाति, वर्ग, समूह, क्षेत्र, देशहरूले साधारणतया वातावरणीय खतराहरूको ठूलो बोझ उठाउन परिरहेको छ; उनीहरू अन्यायमा परिहेका छन् ।
यो अन्यायले उनीहरूको ' स्वच्छ वातावरणमा बाँच्नपाउने' अधिकार हनन् त भएको छ नै यसले ' पीडित परिवारको' स्वास्थ्य, शिक्षा आदिमा नकारात्मक असर पार्ने भएकाले उनीहरूको जीविकोपार्जनमा समेत सङ्कट उत्पन्न गरेको छ । प्रत्येक मानिसको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार स्थापना गरी ' पीडित परिवारको' जीविकोपार्जनमा सुधार ल्याउनु वातावरणीय न्यायको उद्देश्य हो । यसै सन्दर्भमा २०५८/ ५९ सालमा पोखराको सहरी सन्दर्भमा देखिएका वातावरणीय न्यायसम्बन्धी समस्याहरूको अध्ययन भएको थियो । सोही अध्ययनमा आधारित लेखहरूको सँगालो हो, वातावरणीय न्यायको सहरी सन्दर्भ ।
वातावरणीय न्यायसम्बन्धी अध्ययन / लेखहरू नेपाललगायत अन्य विकासशील देशहरूको सन्दर्भमा कमै मात्र उपलब्ध भएकाले ती देशहरूका समाजको सन्दर्भमा ' वातावरणीय न्याय' को अवधारणालाई विस्तृत गर्न कठिनाइ भएको छ । पुस्तकमा समावेश लेखहरूले सहरीकरणका सन्दर्भमा उब्जने वातावरणीय न्यायसम्बन्धी समस्याहरू, ती समस्याका कारकहरू र समाधानका केही उपायहरू पस्केका छन् । यर्सथ पुस्तकले सहरी सन्दर्भमा ' वातावरणीय न्याय' को अवधारणा परिमार्जन र विस्तृत गर्न सघाउ पुर् याउने छ ।
पुस्तकमा के छ -
धन्यवाद
परिचय
जगन्नाथ अधिकारी
वातावरणीय न्यायका सहरी मुद्दाहरू
जगन्नाथ अधिकारी
र्सार्वजनिक सम्पत्तिको बिग्रँदो अवस्था
मिनबहादुर गिरी र जगन्नाथ अधिकारी
खानेपानीको अव्यवस्था र मानव अधिकार
हिमराज गिरी
वातावरण , वातावरणीय न्याय र पोखरेली प्रेस
शेखर पराजुली
नक्सा
लेखक परिचय

