चौतारी पुस्तक शृङ्खला ५
| मिडियाको अन्तर्वस्तु विविध विश्लेषण
सम्पादकः प्रत्यूष वन्त, रमेश पराजुली र रमा पराजुली प्रकाशकः मार्टिन चौतारी / सामाजिक विकास तथा अनुसन्धान केन्द्र थापाथली , काठमाडौँ पहिलो संस्करण , २०५९/ सन् २००२, पृष्ठ २५२ , मूल्य रु १५० ISBN 99933-396-1-X |
|
समयले एक शतकको तन्नेरी बनाए पनि प्रजातन्त्र पुनःस्थापनापछि मात्र नेपाली मिडियाले पङ्खा फैलाउने मौका पाएको हो । रङ्गीन कलेबरमा छापिएका ' ब्रोडशिट' ' टेब्लोइड' र ' म्यागेजिन' हरू; विस्तारित हँदै गएका एफएम रेडियो तरङ्गहरू; दौडमा सामेल हुन खोजिरहेका टेलिभिजन च्यानलहरू र ' अनलाइन न्यूज पोर्टल' हरू प्रजातन्त्रोत्तरकालमा नै देखा परेका हुन् । मिडियाको विस्तारसँगै यसको प्रभाव क्षेत्र पनि विस्तारित भएको छ; र यसले पाठक/ श्रोतार्/ दर्शकको दैनन्दिनीमा हस्तक्षेप गरिरहेको छ । मिडियाका विषयवस्तुमाथि पनि मानिसहरूले एक वा अर्को किसिमले टीकाटिप्पणी गरि नै रहेका हुन्छन् ।
मिडियामाथि गरिने सामान्य टीकाटिप्पणीले होइन , अपितु तिनमा प्रकाशित/ प्रसारित विषयवस्तुको प्रक्रियाबद्ध चिरफारले मिडियाको क्षमता अभिवृद्धि हुन्छ । यद्यपि, नेपाली मिडियाका विषयवस्तुमाथि प्रक्रियावद्ध हिसाबले लेखाजोखा गरिएका लेख, सामग्रीहरूको विश्लेषण गरिएको छ, यस पुस्तकमा । माओवादी आन्दोलन र दरबार काण्ड नेपाली राजनीतिका दुई महत्वपूर्ण पाटा हुन् जसको बारेमा मिडियामा आएका सामग्रीहरूको विश्लेषण, विवेचन पुस्तकको राजनीति खण्डमा लेखाजोखा गरिएको छ । त्यस्तै, विविध खण्डमा नेपाली टेलिभिजनका समाचारमूलक कार्यक्रमका बारेमा, सन्ध्याकालीन पत्रिकाकका विषयवस्तुका बारेमा, र ' खाते' शब्द जनमानसमा स्थापित हुनमा मिडियाले खेलेको भूमिकाको यस पुस्तकमा चर्चा परिचर्चा गरिएको छ ।
पुस्तकमा के छ -
धन्यवाद
परिचय
राजनीति
माओवादी आन्दोलन , सरकार र नेपाली प्रेस
राजेन्द्र दाहाल
नेपाली छापामा दुनै काण्डपछिको माओवादी व्रि्रोह
प्रशान्त अर्याल
माओवादी र प्रेस उत्सुकता र भयको सम्बन्ध
गुणराज लुइँटेल
नाराणहिटी हत्याकाण्डः ' ब्रोडशिट' को कभरेज
रमा पराजुली
दरबार हत्याकाण्डको ऐनामा नेपाली पत्रकारिता
प्रकाश अधिकारी
पर्यावरण
छापामा जलउत्पन्न प्रकोपसम्बन्धी रिपोर्टिङ
ङमिन्द्र दाहाल
वायु प्रदूषणविरोधी आन्दोलन र छापा माध्यम
रमेश पराजुली
विविध
नेपाली टेलिभिजनमा रिपोर्टिङ्ग
अनुप सुवेदी
काठमाडौंका सन्ध्याकालीन पत्रिकाः विषयवस्तु विश्लेषण
कोमल भट्ट
नेपाली सञ्चार माध्यममा ' खाते'
लाजिमा वन्त - भट्ट
विषयवस्तु विश्लेषण सर्न्दर्भ - सामग्री
देवराज हुमागाईं
लेखक परिचय

