चौतारी पुस्तक शृङ्खला ४
| क्षेत्रीय मिडियाः विगत र वर्तमान
सम्पादकः प्रत्यूष वन्त प्रकाशकः मार्टिन चौतारी / सामाजिक विकास तथा अनुसन्धान केन्द्र थापाथली , काठमाडौ पहिलो संस्करण , २०५८/ सन् २००२ पृष्ठ ३२६ , मूल्य रु २०० ISBN 99933-396-0-1 |
|
प्रजातन्त्र पुनःस्थापनापछि देशमा आएको खुला वातावरणले गर्दा राजधानी काठमाडौं सँगैसँगै देशको अन्य क्षेत्रको मिडियामा परिवर्तन भएको छ । तर काठमाडौँ उपत्यकाबाहिर भएका ती परिवर्तन के र कस्ता छन् भन्नेबार अहिलेसम्म खासै अध्ययन भएको थिएन । क्षेत्रीय मिडियाको विकास र विस्तारलाई एकै ठाउँमा राखेर गरिएको साङ्गोपाङ्गो अध्ययनको प्रतिफल हो - क्षेत्रीय मिडियाः विगत र वर्तमान । यस पुस्तकमा क्षेत्रीय मिडियाको अवस्थितिबारे अध्ययन र विश्लेषण सहितका दुईथरी लेखहरू छन् । पहिलोमा नेपालको विभिन्न भागमा उत्पादित मिडियाको विगतबारे सञ्चारकर्मीहरूले लेखेका लेखहरु पर्छन् भने दोस्रोमा वर्तमान अवस्थाको चर्चा गर्ने अनुसन्धनात्मक लेखहरू पर्छन् ।
दोस्रो खाले लेखहरूमा मिडियाको क्षमता निर्धारण गर्ने केही महत्वपूर्ण सवालहरूबारे चर्चा गरिएको छ । क्षेत्रीय मिडियामा भएका लगानीको ' स्केल' र प्रकार; त्यस्तो लगानी गर्ने संस्था वा व्यक्तिको प्रकृति; प्रेस र रेडियोको उत्पादन क्षमता; वितरण र प्रसारणको काइदा/ व्यवस्था; विज्ञापनको बजार आदि पक्षहरू समेटिएका छन् । त्यस्तै सम्बन्धित क्षेत्रीय मिडियाको क्षमता अभिवृद्धिका लागि कार्यरत शैक्षिक संस्था, तालिम प्रदायक संस्था, स्रोत केन्द्र, पत्रकारका संस्थाहरूको भूमिकाबारे पनि चर्चा गरिएको छ । क्षेत्रीय मिडियामा खोज पत्रकारिताको प्रयास, स्तर र प्रभावकारिताको के कस्तो छ - मिडियाले स्थानीय सरकारलाई पारदर्शी, उत्तरदायी र प्रजातान्त्रिक बनाउन के गरिरहेको छ - क्षेत्रीय मिडियाले नेपाली समाजलाई अझ बढी प्रजातन्त्रीकरण गर्ने दिशामा कत्तिको स्वतन्त्र र प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ - यिनै प्रश्नहरूको जवाफ यो पुस्तकले दिन्छ ।
पुस्तकमा के छ -
धन्यवाद
परिचयः क्षेत्रीय मिडियाको अधययन
पूर्वाञ्चल
१ . झापाली पत्रकारिताको सङ्क्षिप्त इतिहास
मोहनकाजी न्यौपाने
२ . मोरङको पत्रपत्रिकाको इतिहास
प्रमोद प्रधान
३ . धरानको पत्रकारिताः हिजो र आज
चन्द्रमणि अधिकारी
४ . पूर्वाञ्चलमा मिडियाः सम्भावना र चुनौतीबीच केही प्रयास केही प्रवृत्ति भास्कर गौतम
भास्कर गौतम
मध्यमाञ्चल
५ . वीरगञ्जेली पत्रकारिताः एक अभिरेखाङ्कन
चन्द्रकिशोर
६ . मकवानपुरको पत्रकारिताः एक अध्ययन
देवराज हुमागाईं
७ . चितवनमा पत्रकारिताः सकारात्मक पाइलातर्फ
देवराज हुमागाईं
पश्चिमाञ्चल
८ . रुपन्देहीको पत्रकारिताः विगतका पानाहरुमा
बसन्तध्वज जोशी
९ . रुपन्देही र पाल्पाको पत्रकारिताः केही आशलाग्दा प्रयासहरु
शेखर पराजुली
१० . पोखराको पत्रकारिता
केशवराज पराजुली
११ . पोखरेली मिडियाः व्यावसायिकताको सँघारमा
शेखर पराजुली
मध्य तथा सुदूरपश्चिमाञ्चल
१२ . बाँके जिल्लाको पत्रकारिता सङ्क्षिप्त इतिहास
पर्ूण्ालाल चुके
१३ . नेपालगञ्ज र दाङको मिडियाः केही आशा केही निराशा
कृष्ण अधिकारी
१४ . सुदूरपश्चिमाञ्चलमा पत्रकारिता
डा . देवीप्रसाद ओझा
१५ . पत्रकारिताको आँखीझयालमा धनगढी र महेन्द्रनगर
कृष्ण अधिकारी
निष्कर्ष
सर्न्दर्भ सामाग्री
देवराज हुमागाईं
अनुसूचिः क्षेत्रीय पत्रिकाका नमूनाहरु
लेखक परिचय

