चौतारी पुस्तक शृङ्खला ४९


राज्य पुनर्संरचना  : राजनीतिक, आर्थिक र सांस्कृतिक दृष्टिकोण

  • लेखक: कृष्ण खनाल, झलक सुवेदी र मुक्त सिंह तामाङ
    पृष्ठ 160, मूल्य 150

    ISBN: 978-9937-8094-4-3


     

विगत केही वर्षदेखि नेपालमा गणतान्त्रिक राज्य-व्यवस्था, राज्यका अन्य शासकीय स्वरूप, यसैसँग गाँसिएको सङ्‍घीयताको सवाल, परित्यक्त समुदायको सांस्कृतिक अस्तित्वसहितको राजनीतिक अधिकार तथा सर्वसाधारण नेपालीको जनजीवनका सामाजिक-आर्थिक पक्ष समाज परिवर्तन र राजनीतिक रूपान्तरणको मूल विषयवस्तु बन्दै आएका छन्‍ । यीमध्ये केही विषयले ठोस स्वरूप र आकार ग्रहण गर्दै छन्‍ भने केही सतहमै रुमलिएका, नाराबाजीमा अल्झिएका छन्‍ ।
नेपाली सन्दर्भमा कतिपय मुद्दा तथा विषय नितान्त नयाँ हुन्‍ । सङ्‍घीयता, स्वायत्तता, आत्मनिर्णयको अधिकार, बहुसंस्कृतिवाद, आदि नेपाली राजनीतिक बहसमा प्रवेश गरेका अत्यन्तै नयाँ विषयहरू हुन्‍ । ती विषयहरूको सही र वस्तुगत बुझाइको लागि व्यापक तथा गहकिलो बहसको खाँचो छ ।
संविधानसभामार्फत नयाँ संविधान निर्माण तथा राज्य पुनर्संरचनाको मूल एजेण्डासँग जोडिएका शासन प्रणाली, आर्थिक पूर्वाधार र स्रोत-साधनको बाँडफाँट तथा जातीय, लैङ्‍गिक, भाषिक र धार्मिक अधिकारलगायतका सवालहरूलाई ठोस खाका दिने उद्देश्य यस पुस्तकको हो ।
संविधानसभा भित्र र बाहिर गहकिलो सार्वजनिक बहसको निम्ति यो पुस्तक गतिलो सन्दर्भ सामग्री हुने अपेक्षा गरिएको छ ।


विषयसूची

प्राक्कथन      छ


लेख  
राज्य पुनर्संरचनाको भावी राजनीतिक गन्तव्य     1    
कृष्ण खनाल
गणतान्त्रिक नेपालको अर्थ-राजनीति       61
झलक सुवेदी
समानता, सङ्‍घीयता र बहुसांस्कृतिक राष्ट्रवाद            105
मुक्त सिंह तामाङ


लेखक परिचय       159


<<Previous publication                                                                             Next publication >>
Today:                   
Last Updated: 03/09/2010
Newly Published Books