चौतारी पुस्तक शृङ्खला ४४लेखक: प्रमोद प्रधान
पहिलो संस्करण २०६५
ISBN: 978-9937-8004-7-1
करिब दुई दशक अघिसम्म पनि नेपाली बालसाहित्यलार्इ महत्व नदिइएका कारण यस क्षेत्रको विकास ढिलो गतिमा भएको देखिन्छ । यस्तो स्थितिमा नेपाली बालसाहित्यअन्तर्गत कुन विधामा कस्ता किसिमका कृति कसले लेखेका छन्, के–कस्ता प्रकाशकहरूको यस क्षेत्रमा संलग्नता छ भन्ने तथ्यबारे खोजविन गरी नेपाली बालसाहित्यबारे सबैलाई जानकारी गराउने प्रयोजनहेतु नेपाली बालवाङ्मय परिचयकोशको निर्माण गरिएको हो । यस कोशमा प्राप्त भएसम्मका बालसाहित्य र बालवाङ्मयका करिब १,२८० कृतिहरूबारे जानकारी दिइएको छ । नेपाली बालसाहित्यका क्षेत्रमा यो यस किसिमको पहिलो कृति हो । यस परिचयकोशले नेपाली बालसाहित्यका अध्येता र अनुसन्धानकर्ताहरूलाई नेपाली बालसाहित्यबारे थप अध्ययन अनुसन्धान गर्न सहयोग पुग्ने छ भने बालसाहित्य लेखकहरूलाई विगतमा के–कस्ता कृतिहरू निस्किए, अब विषय, शैली र भाषाका दृष्टिले के–कस्ता कृतिहरू लेखिनुपर्छ भन्ने विषयमा पनि मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।
विषयसूची
भूमिका छ
एउटा मूल्यवान् पुस्तक
विश्वम्भर चञ्चल
लेखकीय ड
परिचय १
नेपाली बालवाङ्मय लेखन र यो कोश
अध्याय
एक : नेपाली बालवाङ्मयका ऐतिहासिक महत्वका दुई कृति १९
दुई : बालकविता/बालगीत/बालखण्डकाव्य/बालगजल/बालहाइकु २१
तीन : बालकथा १३५
चार : बालउपन्यास २७५
पाँच : बालएकाङ्की/बालनाटक ३०१
छ : बालोपयोगी जीवनी ३०९
सात : बालनिबन्ध ३३१
आठ : चित्रकथा/चित्रपुस्तक ३३९
नौ : बालअन्तर्वार्ता ४०५
दस : अनूदित बालपुस्तक ४०७
एघार : विविध बालपुस्तक ५१५
बाह्र : बाल–शब्दकोश ५४९
तेह्र : बाल–विश्वकोश ५५१
चौध : अङ्गे्रजीमा लेखिएर नेपालीमा अनूदित नेपाली लेखकका कृति ५५३
पन्ध्र : नेपाली भाषामा लेखिएका बालसाहित्यसम्बन्धी कृति ५५७
सोह्र : नेपाली बालसाहित्यबारे अङ्ग्रेजी भाषामा लेखिएका कृति ५६५
सन्दर्भ सामग्री ५६७
परिशिष्ट
१. संस्थागत प्रकाशकहरूको सूची ५६९
२. प्रकाशनको स्थिति ५७५
३. 'मेरो सानो साथी' कृतिको लेखकबारे राखिएको जिज्ञासा र स्पष्टोक्ति ५७९
| <<Previous publication Next publication >> |
Newly Published Books