चौतारी पुस्तक शृङ्खला ३८
| समावेशी मिडिया |
![]() |
जाति, लिङ्ग, धर्म, संस्कृति, भाषा इत्यादिका हिसाबले नेपाली समाजमा विविधता भेटिन्छ । तर नेपाली मिडियाका समाचार कक्षमा महिला, जनजाति, दलित र मधेसीको उपस्थिति उनीहरूको जनसङ्ख्याको अनुपातमा झिनो छ । पत्रकारितामा यी विभिन्न समुदायबाट जे जति संलग्न भएका छन् तिनले पनि विभिन्नखाले भेदभाव व्यहोर्नुपरेको गुनासो सुन्न पाइन्छ । नेपाली समाजमा विद्यमान बहुल विशेषता मिडिया जगत्मा पनि हुनु पर्छ भन्ने आशयका लेखहरूको सँगालो हो यो पुस्तक – समावेशी मिडिया ।
यस पुस्तकमा मिडियामा महिला, जनजाति, दलित र मधेसी पत्रकारको सहभागिताका विभिन्न पक्षबारे लेखाजोखा गरिएका एघार ओटा लेखहरू छन् । त्यसबाहेक नेपाली मिडियामा समावेशीकरणको बहस अगाडि बढाउने खाका सहितको परिचयात्मक लेख र थोरै उपस्थित समुदायका प्रतिनिधिहरू बढाउनेबारे सुझावहरूको सँगालो तथा सन्दर्भ सामग्री पनि यस पुस्तकमा परेका छन् । मिडिया जगत्लाई समावेशी बनाउन किन आवश्यक छ र त्यसका चुनौती र प्रक्रिया के के हुन् भन्नेबारेको बहसलाई खँदिलो र प्रभावकारी बनाउन यो पुस्तकले सघाउँछ । सामाजिक अभियन्ता, सञ्चारकर्मी, पत्रकार, विद्यार्थीलगायत नेपाली सञ्चार जगतसँग सम्बद्ध सबैका लागि यो पुस्तक उपयोगी छ ।
विषयसूची
धन्यवाद
परिचय
समावेशी मिडिया: बहसको खाका
प्रत्यूष वन्त
महिला
एक सञ्चारमाध्यममा महिला सहभागिताको संवर्धन: बाधा र चुनौतीहरू अञ्जु क्षेत्री
दुर्इ टेलिभिजनमा महिला: न्यून सङ्ख्या/कमजोर स्थिति
दीपा गौतम
तीन नेपाली मिडिया: पुरुषको, पुरुषबाट र पुरुषकै लागि
सङ्गीता लामा
चार सञ्चारकर्मी महिलाका समस्याहरू
वन्दना राणा, ज्ञानु पाण्डे, हरिकला अधिकारी,
दीपा गौतम र कृष्ण भट्टचन
जनजाति, दलित र मधेसी
पाँच प्रिन्ट मिडियामा दलित र जनजाति सहभागिता: राष्ट्रिय सर्वेक्षण
शेखर पराजुली र भास्कर गौतम
छ नेपाली टेलिभिजनमा सामाजिक समावेशीकरण
टङ्क उप्रेती
सात रेडियोमा दलित सहभागिता र कार्यक्रम
जेवी विश्वकर्मा
आठ सञ्चारमा दलित महिला
पवित्रा सुनार
नौ रेडियोमा मधेस र मधेसी
धीरेन्द्र प्रेमर्षि
दस नेपाली मिडियामा मधेसी पत्रकार
चन्द्रकिशोर
एघार बहुलवादी मिडियाका लागि अनिज
खिम घले
सुझाव
बाह्र मिडियालाई कसरी समावेशी बनाउने ?
सन्दर्भ सामग्री
तेह्र मिडिया र समावेशीकरण: अध्ययन सामग्री
कोमल भट्ट
लेखक परिचय


