Skip to main page content Skip to main navigationbar


Logo of Martin Chautari. Logo of Martin Chautari written in enlish and Nepali.

 

चौतारी पुस्तक शृङ्खला ३५

मिडिया अनुसन्धानः प्राज्ञिक पूर्वाधार निर्माणका केही अभ्यास
२०६४ (सन् २००७)
लेखकः देवराज हुमागाईं, कोमल भट्ट र कृष्ण अधिकारी
पृष्ठः २०६     मूल्यः १५०

ISBN: 978-9937-8004-0-2

नेपाली मिडियाको विकाससँगै यसमाथि प्राज्ञिक अध्ययन गर्ने प्रक्रियाले गति लिन थालेको छ । मिडिया अनुसन्धानको प्रमुख पूर्वाधारका रूपमा विश्वविद्यालयमा हुने सम्बन्धित विषयको अध्ययन अध्यापनदेखि समाजमा हुने अन्तर्किया, बहस, स्रोत सामग्रीमाथि अनुसन्धानकर्ताको सहज पहुँच र प्रकाशनको वातावरण आदिलाई लिन सकिन्छ । नेपाली समाजमा त्यस्ता पूर्वाधार पनि विस्तारै निर्माण हुँदै छन् । यद्यपि नेपाली मिडियाको क्षेत्रमा अनुसन्धान गर्न खोज्ने व्यक्तिले त्यस्ता पूर्वाधार तथा अवसरहरूबारे सहज रूपमा जानकारी प्राप्त गर्न सक्ने अवस्था छैन । आफ्ना वरिपरि उपलब्ध पूर्वाधारबारे पर्याप्त जानकारी नहुँदा मिडिया अनुसन्धान हुन सक्ने जति सहज बन्न सकेको छैन । यो पुस्तक मिडिया अनुसन्धानः प्राज्ञिक पर्ूवाधार निर्माणका केही अभ्यास ले नेपालमा मिडिया अनुसन्धानका लागि निर्मित संरचनाबारे जानकारी दिन्छ ।

परिचयबाहेक पाँच अध्यायमा विभाजित यस पुस्तकमा नेपाली विश्वविद्यालयमा पत्रकारिताको पढाइ र शोध, नेपाली मिडियाबारे हुने विभिन्न छलफल, कार्यपत्र र पुस्तक प्रकाशनका विविध आयामलाई समेटिएको छ । पुस्तक तथा जर्नल प्रकाशनमा चौतारीले सँगालेको अनुभव प्रस्तुत गरिएको छ भने अन्तमा मिडिया अनुसन्धानका लागि उपलब्ध स्रोत सामग्री तथा त्यसमाथि अनुसन्धानकर्ताको पहुँचबारेको चर्चा छ । यो पुस्तकले मिडिया अनुसन्धानको पूर्वाधार निर्माणतर्फ विभिन्न क्षेत्र र संस्थाबाट भइरहेका अभ्यासमाथिको छलफललाई अगाडि बढाउनेछ । मिडियाकर्मी, विद्यार्थी र अनुसन्धानकर्मीलाई यो पुस्तक उपयोगी हुनेछ ।

विषयसूची

प्राक्कथन                                                         छ
परिचय                                                         १
अध्याय एक
       पत्रकारिता शिक्षा र स्नातकोत्तर तहमा                     १९
       मिडिया शोधपत्र लेखनः केही प्रारम्भिक टिप्पणी
अध्याय दुई
       मिडियासम्बन्धी छलफल र बहसको संस्कृति                ५९
अध्याय तीन
       नेपाली मिडियाका पुस्तक प्रकाशनः विविध पाटाहरू           ७७
अध्याय चार
       सम्पादन र प्रकाशनको प्रक्रियाः मार्टिन चौतारीको अनुभव       १०३
अध्याय पाँच
       मिडिया स्रोत सामग्रीको उपलब्धता र पहुँच                 १२५
सर्न्दर्भ सामग्री                                             १५५
अनुसूची              
       १. मिडियासम्बन्धी शोधपत्रहरूको विवरण                  १६९
       २. नेपाली मिडियासम्बन्धी कार्यपत्रको सूची                 १८३
       ३. मिडिया अध्ययन जर्नलको सम्पादकीय नीति              १९९

अनुक्रमणिका                                              २०३


 


 
logo of Martin chautari, a picture of a chautari site (a place for rest and debate, a central located site placed in every village in Nepal. Depicts a tree where the trunk shapes an M, and the ground, where people sat in the shade, forms the letters 'Martin Chautari' Image of the name 'Martin Chautari' in Nepali, link directing to information regarding Nepali version of site