Skip to main page content Skip to main navigationbar


Logo of Martin Chautari. Logo of Martin Chautari written in enlish and Nepali.

 

चौतारी पुस्तक शृङ्खला ३४

शाही शासनमा स्वतन्त्र रेडियो : दमन र प्रतिरोधको कथा

२०६४ ( सन् २००७ )
लेखकः विनोद ढुङ्गेल
पृष्ठः ३३८ , मूल्य रु. १५०
ISBN: 978-99946-833-9 -


 

स्थानीय प्रसारणको खास परिभाषा रेखांकन गर्ने एफएम रेडियो नै हुन्‍। प्रसारणको पेशागत स्वरूप पनि यिनैले पैदा गरेका हुन्‍ । तर २०६१ माघ १९ पछिको परिस्थिति भने बेग्लै रह्यो । त्यस दिनदेखि सुरु भएको राजाको प्रत्यक्ष शासनकालमा नेपाली मिडियाले निकै ठूलो हण्डर खानुपर्‍यो । त्यसमा पनि  एफएम रेडियो त शाहीसत्ताको आक्रमणको मुख्य तारो नै बनेका थिए । इतिहासको महत्वपूर्ण त्यो कालखण्डमा नेपालका स्वतन्त्र रेडियोले भोगेको दमन–चक्र र त्यसको प्रतिरोधमा भएका संघर्षको क्रमबद्ध प्रस्तुति हो यो पुस्तक— शाही शासनमा स्वतन्त्र रेडियो : दमन र प्रतिरोधको कथा । राजाको प्रत्यक्ष शासनारम्भपछि नेपालका स्वतन्त्र रेडियोविरुद्ध भएको दमनको शृंखला, त्यसको प्रभाव, प्रतिरोध र रेडियो आन्दोलनमा भएको समर्थनका नालीबेलीलाई चार खण्डमा यहाँ प्रस्तुत गरिएको छ । पाँचौँ खण्डमा दमन र प्रतिरोधको यो प्रकरणबाट सिक्नुपर्ने पाठलाई सामेल गरिएको छ । प्रसारण पत्रकारितामा सक्रिय पत्रकारले आफ्ना अनुभवका साथमा विभिन्न स्रोतसामग्रीलाई आधार बनाई पुस्तक तयार पारेका हुन्‍ । पत्रकारिताका विद्यार्थी, अध्येता, इतिहासकर्मी लगायत रेडियोबारे रुचि राख्ने सबै पाठकका लागि यो पुस्तक उपयोगी छ ।

 

विषयसूची
लेखकीय : दमन र प्रतिरोधको कथा    १
एक : दमन     १३
भौतिक दमन      १९
राजधानीमा सैन्यराज     २१
राजधानीबाहिर ज्यादती     २५
कानुनी दमन     ३२
कानुनको सहारा     ३२
कानुनको नाममा स्वेच्छाचारिता     ४२
कानुनमाथि नै हमला     ४७
आर्थिक दमन     ६१
प्रतिकूल बजार     ६१
आर्थिक नाकाबन्दी     ६२
प्राधिकरणको नाममा षड्‍यन्त्र     ६४
शक्तिको चरम दुरुपयोग     ६८
समाचार बन्देजको बाटो     ६८
सत्ताको दुरुपयोग     ७८
हतियारको आवाज सुनाउने साधन     ८८
जनआन्दोलनसँगै दमन र प्रतिरोध     ९८

दुई : दमनको असर     १०९
आमसञ्चारको चरित्र समाप्त     ११३
असत्यभित्र सत्यको खोजी     ११५
कारोबार कटौती     ११८
संकटमा रेडियो पत्रकारिता     १२२
विकल्पको खोजी १२७
समाचारको भोक र राष्टि्रयता     १२८
प्रविधिमा प्रतिगमन     १३०
प्रस्तुतिका नयाँ उपाय     १३२
आत्मसंघर्ष     १३४

तीन : प्रतिरोध     १३९
सडक संघर्ष     १४५
'कू' विरुद्धको आन्दोलनमा रेडियो     १४५
रेडियोको विशिष्ट आन्दोलन     १५५
रेडियो पत्रकारहरूको सचेत भूमिका      १७६
स्टुडियोबाट अवज्ञा     १८५
कानुनी बाटो      १८७          
उपचारात्मक      १८९
प्रतिकारात्मक       १९७
स्वतन्त्रताका लागि संवाद      २१८

चार : समर्थन स्वतन्त्रताका पक्षमा        २२५
राष्ट्रिय जीवनका विभिन्न अंग                   २२६   
सञ्चार जगत्                               २२६
अधिकार पक्षधर                              २४०
राजनीतिक मुद्दा     २५७
विश्व भाइचारा     २६५   
सञ्चारजगत्‍     २६६
अधिकारका पक्षपाती     २८५
देशको दृष्टिकोण     २९१   
समर्थनको विरोध    २९४
सुखद समापन     २९८

पाँच : शाही सत्ताले सिकाएको पाठ     ३०३
सफलताको परिणाम     ३०३
चक्रवर्ती असरभित्र     ३०६
सबैको आफ्नै लडाइँ      ३०९
सबैका लागि, सधैँका लागि     ३१०

सन्दर्भ सामग्री     ३१५
अनुसूची
१.      स्वतन्त्र रेडियो बचाऊ आन्दोलन      ३२७
       काठमाडौँ घोषणापत्र
२.     स्वतन्त्र रेडियोहरूका तर्फबाट             ३२९   
       राजालाई चढाएको विन्तीपत्र
३.     स्वतन्त्र रेडियोको आत्मकथा             ३३३
४.     वार्ताका लागि स्वतन्त्र रेडियो बचाऊ        ३३५   
      आन्दोलनकेन्द्रीयसंघर्षस मितिको 
       अवधारणा २०

 


 
logo of Martin chautari, a picture of a chautari site (a place for rest and debate, a central located site placed in every village in Nepal. Depicts a tree where the trunk shapes an M, and the ground, where people sat in the shade, forms the letters 'Martin Chautari' Image of the name 'Martin Chautari' in Nepali, link directing to information regarding Nepali version of site