चौतारी पुस्तक शृङ्खला ३२
| सामाजिक अभियान या विकास सहायताः
गैससको भूमिकामाथि प्रश्न
लेखकः एइइची सादामाचु |
![]() |
चाहे त्यो सरकारी होस् वा गैरसरकारी , सधैँ नागरिकको जीवनमा हस्तक्षेप गर्ने, प्रभावितहरूप्रति विल्कुलै कुनै औपचारिक उत्तरदायित्व वहन नगरी तिनीहरूको भौतिक र सांस्कृतिक जीवन रूपान्तरण गरेर त्यसलाई आकार दिने प्रयत्न वैदेशिक सहायताको रही आएको छ । कुनै निश्चित समयमा निश्चित विकासे कार्यक्रमको लक्षित समूह बनाइएका अधिकाङ्श गाउँले, बालबालिका, महिला अथवा सहरी गरीबहरूलाई कुन प्रक्रियाद्वारा अथवा किन उनीहरू सो कार्यक्रमबाट ' लाभान्वित' हुने वर्गको रूपमा छनोट भएका हुन् भन्ने जानकारी हुँदैन । यसरी रहस्यमय ढङ्गले चुनिएका ' लाभान्वित' वर्गलाई ' स्वावलम्बनका लागि सहायता' कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरिन्छ । यदि तिनीहरू स्वेच्छिक रूपले सहभागी भएनन् अथवा कार्यक्रमबारे कुनै गुनासो गरे भने तिनीहरूलाई अल्छी, लोभी, स्वार्थी, जिद्धी वा पटमूर्ख भएको आरोप लगाइन्छ । कार्यक्रमको अवधि पनि लाभान्वित हुने भनिएका वर्गले होइन दाताहरूले निर्णय गर्छन् । दुइ अथवा पाँच वर्षछि आयोजनामा सदस्यहरू जसरी देखा परेका थिए उस्तै अकस्मात र रहस्यमय ढङ्गले हराउँछन् । साथै सामान्यतः लक्षित समूहलाई कुनै महत्त्वपूर्ण समस्या अथवा कानुनी अवरोध भएमा समेत निवेदन गर्न तिनीहरू कहाँ छन्, के गर्दैछन् पत्तो लाग्दैन ।
यो पुस्तक यस्तो पद्धतिको सानो तर महत्त्वपूर्ण अपवाद हो । यो पुस्तकमा एक जना विदेशी सहायताकर्मी सादामाचुले नेपालमा बस्दा गरेका र सोचेका कुरा र पछि आफ्ना तिनै अनुभवहरूमाथि गरिएको दृष्टिपातको प्रतिबिम्ब समेट्नु भएको छ । ... यो पुस्तक संसारका कुनाकुनाका मानिसहरूसँग बढी समदर्शी र न्यायपरायण आपसी सिकाइ, सहकार्य र सहसम्बन्धका सम्भावनाहरू सँगै विस्तार गर्न नेपाली पाठकलाई सादामाचुको आग्रह र आमन्त्रण हो ।
तात्सुरो फुजिकुरा
एइइची सादामाचु जापानी रेडक्रस सोसाइटिमा केही वर्षकाम गरेपछि बेलायतमा प्रौढ शिक्षा र ग्रामीण विकास पढ्न जानुभयो । उहाँ नेपालमा पहिलो पटक सन् १९९४ मा शाप्ला नीर - जापानी अन्तर्रर्ाट्रय गैरसरकारी संस्था) को आवासीय प्रतिनिधि भएर आउनुभयो । त्यसपछि हालसम्म उहाँ गैरसरकारी क्षेत्रमै सक्रिय हुनुहुन्छ । हाल सादामाचु सेभ द चिल्ड्रेन जापानको आवासीय प्रतिनिधि र अन्तरर्ाािट्रय गैसस संघका सचिव पनि हुनुहुन्छ ।
विषयसूची
प्राक्कथन
दुई शब्दः कमैयाको व्यथा र सादामाचुको बेचैनी
सुरेश ढकाल
परिचयः सहायतादेखि साँठगाँठसम्म
तात्सुरो फुजिकुरा
अध्याय एकः नेपालमा पनि दासप्रथा !
अध्याय दुईः जापान रेडक्रस सोसाइटिदेखि शाप्ला नीरसम्म अध्याय तीनः साझेदारको खोजी
अध्याय चारः कमैयाको पृष्ठभूमि र जग्गाप्राप्तिको आन्दोलन
अध्याय पाँचः बस्ती अनुसन्धानको सुरुआत
अध्याय छः कमैयामाथि प्रतिवेदन
अध्याय सातः अन्धकारको बाटोमा
अध्याय आठः सम्भाव्यता
अध्याय नौः धमिलिँदै गएको आशा
अध्याय दसः सफलता कि असफलता
अध्याय एघारः विकास योजनालाई नाघ्दै
अध्याय बाह्रः गैससको वर्तमान अवस्थाबारे पुनर्विचार
सर्न्दर्भ सामग्री


