Skip to main page content Skip to main navigationbar


Logo of Martin Chautari. Logo of Martin Chautari written in enlish and Nepali.

 

चौतारी पुस्तक शृङ्खला २७
बदलिँदो खाद्य शृङ्खला

लेखकः जगन्नाथ अधिकारी र शरद घिमिरे

पहिलो संस्करण २०६३ - सन् २००६)

पृष्ठः १७८ ; मूल्य रु. १००

ISBN 99946-833-2-2
Picture of the book: Changing food-chain and food security in Nepal

अहिले खाद्य शृङ्खलामा परिवर्तन आइरहेको छ । यसको नियन्त्रण किसानबाट बिस्तारै कर्पोरेट क्षेत्रको प्रभावमा जाँदैछ । यसलाई विश्वव्यापीकरण र नव उदारवादी नीतिले अरू तीव्र पारेको छ । यो परिवर्तनले विभिन्न क्षेत्र , वर्ग तथा समूहका परिवार र व्यक्तिको खाद्य सुरक्षामा प्रत्यक्ष असर पार्न सक्ने देखिन्छ । खाद्य सुरक्षामाथि पर्ने यस्तो असरको विश्लेषणमा यो अध्ययन केन्द्रित छ । अध्ययनमा कर्पोरेट क्षेत्रबाट उत्पादित तयारी तथा पुरियाबन्द खाद्यवस्तुको उपभोगको स्तर तथा प्रवृत्ति र त्यसको परिणामको विश्लेषण गरिएको छ । यस्तो प्रचलनले निम्त्याउने मुख्य असरहरूमा परम्परागत खाद्यवस्तुको विस्थापन र खानेबानीमा आएको परिवर्तन, खाद्य शृङ्खला सीमित नाफामुखी सङ्गठित व्यापारिक समूह वा कर्पोरेट क्षेत्रको बढ्दो पकड तथा आम परिवारको खाद्य असुरक्षा पर्छन् ।

खाद्य शृङ्खलामा कर्पोरेट क्षेत्रको प्रभावबारे अध्ययन नभइरहेको सन्दर्भमा यो अध्ययनले त्यसको आवश्यकता पूरा गर्नेछ । कर्पोरेट क्षेत्रको नियन्त्रणबाट खाद्य शृङ्खलालाई बचाउन , खाद्य सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले गरिने पैरवीको रणनीति तयार पार्न, त्यस अनुकूल नीति नियम विकास गर्न, उपभोक्ता हित र सचेतना बढाउन र यसबारे निगरानी गर्न यो पुस्तक उपयोगी हुनेछ ।

जगन्नाथ अधिकारीले मानव - भूगोलमा विद्यावारिधि गर्नुभएको छ । नेपालको प्राकृतिक स्रोत, कृषि, खाद्य सुरक्षा, ग्रामीण अर्थतन्त्र, बसाइँ सराइ तथा सहरीकरणसम्बन्धी उहाँले अध्ययन, अनुसन्धान गर्नुभएको छ । उहाँका करिब एक दर्जन पुस्तक तथा प्रशस्त लेखहरू प्रकाशित छन् ।

शरद घिमिरेले वनस्पति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । वातावरणीय न्यायमा अनुसन्धानरत घिमिरेको सह - सम्पादनमा तीनओटा पुस्तक प्रकाशित छन् ।

 

प्राक्कथन

 

अध्याय एक बदलिँदो खाद्य शृङ्खलाः किसानबाट कर्पोरेट नियन्त्रणतिर

अध्याय दुई नेपालको खाद्य शृङ्खलामा कर्पोरेट क्षेत्र

अध्याय तीन विज्ञापन र खाद्य सुरक्षा

अध्याय चार घरपरिवारको खाद्यवस्तु उपभोगको सर्वेक्षण

अध्याय पाँच सारांश र निष्कर्ष

अध्याय छ Changing food-chain and food security in Nepal
(Summary and conclusion of the study)

परिशिष्ट

सन्दर्भ सामग्री

 
logo of Martin chautari, a picture of a chautari site (a place for rest and debate, a central located site placed in every village in Nepal. Depicts a tree where the trunk shapes an M, and the ground, where people sat in the shade, forms the letters 'Martin Chautari' Image of the name 'Martin Chautari' in Nepali, link directing to information regarding Nepali version of site