Skip to main page content Skip to main navigationbar


Logo of Martin Chautari. Logo of Martin Chautari written in enlish and Nepali.

 

चौतारी पुस्तक शृङ्खला २२
वार्ताद्वारा राजनीतिक निकास

सम्पादकः अनिल भट्टराई

पहिलो संस्करण २०६१ / सन् २००४

पृष्ठ ८२ , मूल्य

ISBN 99933-838-2-1
Picture of the book: Political Settlement with Negotiation

यो पुस्तकमा नेपाल , श्रीलङ्का तथा दक्षिण अप्रिm कामा भएका राजनीतिक वार्तासम्बन्धी अनुभवहरू सँगालिएका छन् । गत असार १५ र १६ गते काठमाडौँमा भएको राष्ट्रिय छलफल तथा प्रवचन कार्यक्रममा यी अनुभवहरूको आदानप्रदान गरिनुको साथै सहभागीहरूबीच छलफल भएका थिए । यो कार्यक्रम नेपालमा संवैधानिक प्रक्रियाहरू माथि संवाद भन्ने परियोजना अन्तर्गत नेपाल दक्षिण एसिया केन्द्र, शान्तिका लागि साझा अभियान, मार्टिन चौतारी तथा इन्टरनेसनल आइडियाले नेपालमा सञ्चालन गरिरहेका संवाद प्रक्रियाको पहिलो कार्यक्रम थियो ।

नेपालमा अहिले चलिरहेको सशस्त्र द्वन्द्वको निकास संवैधानिक निरुपणबाट मात्र सम्भव छ तथा त्यो संवैधानिक प्रक्रियामा आम मानिसको सहभागिता हुनु आवश्यक हुन्छ भन्ने मान्यतामा यो संवाद प्रक्रिया सञ्चालन गरिएको थियो । नेपालले अहिलेको सङ्कट समाधानमा बाहिरका अनुभवहरूबाट सिक्ने कुराहरू हुन्छन् तर नेपालको विशिष्ट परिस्थिति अनुरूप ती पाठहरूको प्रयोग हुन सक्छ भन्ने अर्को मान्यता यो प्रक्रियामा राखिएको थियो ।

आशा छ यो पुस्तकले नेपालको अहिलेको सङ्कट मोचनमा सानै भए पनि योगदान दिनेछ ।

Negotiating Political Settlement compiles experiences of political negotiation from Nepal, Sri Lanka and South Africa. These experiences were shared and discussed during a national dialogue held on 29 and 30 June 2004. This dialogue was held as a part of a project entitled "Dialogues on Constitutional Processes in Nepal" that International Institute for Democracy and Electoral Assistance (International IDEA) had initiated in collaboration with Nepal South Asia Centre (NESAC) and Martin Chautari (MC). The assimption behind the process was that the political impasse in Nepal could be resolved only through some constitutional reform process. The experiences from South Africa and Sri Lanka were discussed to highlight some of the strategic choices for future negotiations in Nepal. The experiences in Nepal were shared to highlight the actors involved and some of the major causes of past failures. This was first in the series of dialogues planned in Kathmandu and outside the valley.

 

पुस्तकमा के छ -

भूमिका

परिचय

नेपालमा राजनीतिक सम्झौता प्रक्रियाका अनुभवहरू

हरि रोका

राजनीतिक दलहरू वार्ता प्रक्रियामा ...

प्रदीप ज्ञवाली

श्रीलङ्काली अनुभवः सामाजिक सम्झौताको पुनर्लेखन

पाइकियासोथी साराभानामुत्तु

द्वन्द्व समाधानको लागि अन्तर्राष्ट्रिय संलग्नता

सरिता गिरी

दक्षिण अफ्रिकी अनुभव

निकोलस हेसम

स्वीकृत समाधानको लागि सरकारी प्रतिवद्धतामा प्रश्न

सेरा तामाङ

भविष्यको सम्झौता प्रक्रियाको निमित्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको प्रासङ्गिकता

राष्ट्रिय अनुभवबाट सिकेके पाठ

गगन थापा

श्रीलङ्काबाट सिक्ने पाठ

झलनाथ खनाल

दक्षिण अप्रि m काले सिकाएको पाठ

चक्रप्रसाद बाँस्तोला

 
logo of Martin chautari, a picture of a chautari site (a place for rest and debate, a central located site placed in every village in Nepal. Depicts a tree where the trunk shapes an M, and the ground, where people sat in the shade, forms the letters 'Martin Chautari' Image of the name 'Martin Chautari' in Nepali, link directing to information regarding Nepali version of site