Skip to main page content Skip to main navigationbar


Logo of Martin Chautari. Logo of Martin Chautari written in enlish and Nepali.

 

चौतारी पुस्तक शृङ्खला १

नेपाली मिडियामा दलित तथा जनजाति

सम्पादकः प्रत्यूष वन्त र शेखर पराजुली

प्रकाशकः एकता बुक्स , २०५८

मूल्यः रु . १२५, पृष्ठ १६०

ISBN: 99933-1-917-1

Picture of the book: Dalit and Janjati in Nepali Media

२०४६ पछिका वर्षरू नेपाली सञ्चार जगतका लागि अत्यन्तै उर्बर रहेका छन् । तर यसै अवधिमा जनसंख्याको हिसाबले आधाभन्दा बढी स्थान ओगटेका दलित र जनजाति समुदायलाई भने सञ्चार क्षेत्रले यथोचित स्थान दिन सकेको छेन । सीमित मात्रामा दलित र जनजातिसम्बन्धी समाचार, लेख कार्यक्रमहरू छापा, रेडियो र टेलिभिजनमार्फ प्रकाशित र प्रसारित हुने गर्दछन् । यसो किन भइरहेछ भनेर सामाजिक विकास तथा अनुसन्धान केन्द्रले २०५७ सालमा सयवटाभन्दा बढी प्रकाशन गृह र केही रेडियो स्टेसनमा दलित र जनजातिको उपस्थितिबारे र्सर्वेक्षण गर्‍यो । साथसाथै दलित र जनजाति सवालहरूले नेपाली मिडियामा पाएका स्थानबारे पनि अनुसन्धान गर्‍यो । यो पुस्तक त्यही अनुसन्धानको विश्लेषणात्मक विवरण हो ।
सञ्चार क्षेत्रमा दलित र जनजातिका प्रतिनिधित्व प्रतिशतलाई हालको न्यून स्थितिबाट उनीहरूको जनसंख्या प्रतिशतको हाराहारीमा पुर्‍याउनका लागि तथा मिडियाले उनीहरूका विभिन्न सवाललाई बढी स्थान दिनका लागि भविष्यमा गर्नु पर्ने कार्यहरू पनि यस पुस्तकमा उल्लिखित छन् ।

पुस्तकमा के छ-
प्राक्कथन
प्रत्यूष वन्त र शेखर पराजुली
मन्तव्य
डा. कृष्णबहादुर भट्टन
१. नेपाली मिडियाको वर्तमान स्थिति
प्रत्यूष वन्त
२. प्रजातन्त्र, नेपाली मिडिया र जातीय प्रतिनिधित्व
सी.के. लाल
३. प्रिन्ट मिडियामा दलित र जनजाति सहभागितः राष्ट्रिय र्सर्वेक्षण
शेखर पराजुली र भास्कर गौतम
४. छापामा दलितका समाचारः विषयवस्तु विश्लेषण
प्रमोद भट्ट
५. रडियोमा दलित
चक्रमान विश्वकर्मा
६. पत्रपत्रिकामा जनजातिः विवरणात्मक समीक्षा
शेखर पराजुली
७. रेडियोमा जनजाति
कुमार यात्रु
८. निष्कर्षर सुझाव
सन्दर्भ सामग्री
अनुसूची कः अनुसन्धान र लेखन टोली
अनुसूची खः र्सर्वेक्षण प्रश्नावली
अनुसूची गः विषयवस्तु अध्ययनमा परेका पत्रपत्रिकाहरू
अनुसूची घः दलित र मिडिया - पाठयक्रम प्रारूप
अनुसूची ङः जनजाति र मिडिया - पाठयक्रम प्रारूप

म प्रारूप


 
logo of Martin chautari, a picture of a chautari site (a place for rest and debate, a central located site placed in every village in Nepal. Depicts a tree where the trunk shapes an M, and the ground, where people sat in the shade, forms the letters 'Martin Chautari' Image of the name 'Martin Chautari' in Nepali, link directing to information regarding Nepali version of site