चौतारी पुस्तक शृङ्खला १७


वातावरणीय न्याय स्रोत सँगालो

  • सम्पादकः जगन्नाथ अधिकारी र शरद घिमिरे

    पहिलो संस्करण २०६० / सन् २००३

    पृष्ठ ४४२ , मूल्य ३००

    ISBN 99933-812-3-3


    Book Review
    Metro June 3, 2004 pg 13
    समय २८ जेठ २०६१

वातावरणीय न्याय , सामाजिक न्याय र वातावरणीय संरक्षणलाई एकसाथ हेर्ने विषयको रुपमा विकास भएको हो । यो विषय वातावरणीय बहसको प्रमुख सवाल हुन थालेको छ । वातावरणीय न्याय तथा समन्यायको क्षेत्र व्यवहारिक रुपमा महत्वपूर्ण र विस्तृत छ । नेपालका स्कूल, कलेज तथा विश्वविद्यालयमा वातावरणीय न्याय अध्यापन नभए पनि यस विषयको सामाजिक चासो र शैक्षिक आवश्यकता बढ्दो छ । वातावरणीय न्याय स्रोत सँगालोले सामाजिक बहसमा देखा पर्न थालेको उत्सुकता बढाउन र शैक्षिक सामग्रीको आधारभूमि तयार गर्न मनग्गे सामग्री समेटेको छ । वातावरणको र्सार्वजनिक बहसमा संलग्न कानून व्यवसायीहरु, वातावरणविद्, सामाजिक कार्यकर्त, नीति- निर्मार्ता र र्सवसाधारणसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने व्यक्ति/ समूहलाई यस्तो सँगालोको अत्यन्तै अभाव छ । यो अभाव पूर्ति गर्न यस पुस्तकको प्रभाव र भूमिका उल्लेख्य हुने छ ।

दश खण्डमा विभाजित यस पुस्तकले नेपालको परिप्रेक्ष्यमा महत्वपूर्ण ठानिएका वातावरणीय न्याय तथा समन्यायका प्रमुख सवालसम्बन्धी सैद्धान्तिक पक्षलाई उजिल्याउने अनुसन्धानमूलक साथै उदाहरण प्रस्तुत गर्ने गहन लेखहरु समावेश गरेको छ ।

 

पुस्तकमा के छ -


खण्ड १
वातावरणीय न्याय तथा समन्यायःअवधारणा तथा सिद्धान्तहरू

१ . वातावरणीय न्याय तथा समन्याय
जगन्नाथ अधिकारी

२ . वातावरणीय न्यायका लागि जनअभियान
जगन्नाथ अधिकारी र शरद घिमिरे

३ . वातावरणीय न्याय सैद्धान्तिक संरचना र वातावरणीय अधिकार
जगन्नाथ अधिकारी

४ . गरिबी र वातावरण
जगन्नाथ अधिकारी र शरद घिमिरे


खण्ड २
वातावरणीय न्यायः सामाजिक विश्लेषण
५ . शिक्षा प्रणाली र वातावरणीय न्याय
जगन्नाथ अधिकारी

६ . प्रकृतिको विनाशः भत्काउनु पर्ने केही मिथ्या धारणाहरू
अनिल भट्टर्राई

७ . पश्चिम सेती आयोजनाः सरोकारका केही सवालहरू

८ . वातावरणीय समस्या र असुरक्षित जीविकोपार्जनको

मारमा विशेष वर्ग / समुदाय

खण्ड ३
वातावरणीय सूचना र सञ्चार
९ . वातावरणीय सूचनाको हक
कल्याण श्रेष्ठ

१० . वातावरणीय न्यायको पर््रवर्द्धनमा मिडियाको भूमिका
जगन्नाथ अधिकारी


खण्ड ४
वातावरणीय आन्दोलन
११ . स्वच्छ वातावरण तथा प्राकृतिक स्रोतमाथिको अधिकारप्राप्तिका लागि भएका आन्दोलनहरू
शरद घिमिरे र जगन्नाथ अधिकारी

१२ . विश्व पर्यावरणीय आन्दोनका महिला नेतृहरू
जयदेव गौतम

१३ . राष्ट्रिय निकुञ्ज र जनताबीचको अन्तरसम्बन्ध
सोमत घिमिरे

१४ . सैनिक र वन्यजन्तुको ज्यादती रोक्न निकुञ्ज तथा आरक्षपीडितहरूको माग

१५ . शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षको स्थापना र विस्तार

१६ . गोदावरी बचाउ आन्दोलनः मच्चियो, मच्चियो, थच्चियो
मोहन मैनाली

खण्ड ५
जैविक प्रविधिको विकास , परम्परागत ज्ञान र खाद्य सुरक्षा
१७ . जैविक प्रविधि प्रदूषणको खतरा सुरक्षाका लागि र्सतर्कता ं
तीर्थबहादुर श्रेष्ठ

१८ . जैविक प्रविधि र बौद्धिक सम्पत्ति अधिकारद्वारा जैविक विविधताको कृषक - अधिकारको हनन्
जगन्नाथ अधिकारी

१९ . परम्परागत ज्ञान, कृषि- जैविक विविधता र विश्वव्यापीकरणः खाद्य तथा जीविकोपार्जन सुरक्षाको सन्दर्भमा
जगन्नाथ अधिकारी

२० . बीउको धन्दामा किसानको बिजोग
रमेश खड्का

२१ . भोकको व्यापारः आनुवंशिक रूपमा रूपान्तरित खाद्यपदार्थको राजनीतिक प्रवर्द्धन
देविन्दर शर्मा

खण्ड ६
प्राकृतिक स्रोत व्यवस्थापन
२२ . नेपालको वन व्यवस्थापनमा वातावरणीय न्याय
जगन्नाथ अधिकारी र शरद घिमिरे

२३ . नेपालमा सामुदायिक वन विपरीत दिशातर्फ
नारायण काजी श्रेष्ठ

२४ . इन्भेन्टरीः सामुदायिक वनको अर्को तगारो

२५ . सामुदायिक वन सफल भयो, जीवनस्तर सुध्रेन
सुबोध गौतम

२६ . पहुँचबाहिर विपन्न वर्ग
विमल गौतम

२७ . जडीबुटीको व्यापार र वातावरणीय न्याय
शरद घिमिरे

२८ . हिमाली जडीबुटीको व्यापारः रित्तिँदै छ प्राकृतिक भण्डार
मनिषा अर्याल

२९ . खप्तडका सम्पदाको मोल के -
देवेन्द्र राणा

३० . शिवपुरी छेउछाउका बासिन्दाबारे
क्याथरिन एन . रेनकिन र मुना श्रेष्ठ जोशी

३१ . गरिब किसानलाई अर्को मार !
क्नुट - एरिक हेले

३२ . राष्ट्रिय निकुञ्ज र बोटे, माझी, मुसहर

३३ . पहाडका खानीहरू
विनोद भट्टर्राई

३४ . व्यवहारमा चाहिएको इको टुरिजम्
सुरेन्द्र फुयाल

३५ . पदयात्रीको फोहरी बाटो पछयाउँदै
माइकल लुहान

३६ . पर्यटक भरियाः कठिन जिन्दगी
वसन्त महर्जन

खण्ड ७
विकास र वातावरण
३७ . दिगो विकासः वातावरण र विकासबीचको सम्झौता
जगन्नाथ अधिकारी

३८ . दिगो विकासः नयाँ भिक्षापात्र कि साँच्चैको विकास -
राजेश घिमिरे र अर्जुन ढकाल

३९ . राप्ती सिँचाइः विपत्ति निम्त्याउने मात्र
उदयराज शर्मा

४० . अहिल्यै विपत्ति भनिहाल्नु हुन्न
अजय दीक्षित

४१ . कुलेखानीबाट धपिएकाहरू
जगदीश पोखरेल

४२ . " तिमीहरूले पृथ्वी डुबायौ"

४३ . मौसम परिवर्तनको छायाँमा विश्व जैविक विविधता
पुष्कर माथेमा

४४ . जलउत्पन्न प्रकोप निवारणको सर्न्दर्भमा वातावरणीय न्याय
ङमिन्द्र दाहाल

खण्ड ८
प्रदूषण र जनस्वास्थ्य
४५ . कणिकाबाट वायु प्रदूषण र स्वास्थ्यमा असर

४६ . विषादीः अकालमा काललाई निम्तो
मोहन मैनाली

४७ . विषसँग डरलाग्दो खेलबाड
विष्णुकुमार ज्ञवाली

४८ . वास्ता नगरिएको डरलाग्दो फोहर
रूपेशकुमार शाह

४९ . औद्योगिक प्रदूषण र जनस्वास्थ्य
नारायणप्रसाद उपाध्याय र रोशा राउत

५० . काठमाडौँका इँटाभट्टाहरू र वातावरणीय न्याय
अनिल कुमार राउत

५१ . विष फाल्ने उद्योगहरू
भीम घिमिरे र जयराम गौतम

५२ . शोषण र प्रदूषणभित्र रुमलिएका गलैंचा बुनकरहरू
मोहन मैनाली

५३ . तपाईँको पानी कति स्वस्थ -
यशोदा तिम्सिना

५४ . आर्सेनिकः गरिबलाई विषालु पानीको मार
सुशील मैनाली

५५ . पोखरीको पानी पिउँदैछन् प्रजा
केशव खनाल

५६ . वाग्मतीको दुर्गती
अजय दीक्षित

५७ . वाग्मतीभन्दा छिटो मर्छ नारायणी
जनक अर्याल

खण्ड ९
शहरी सन्दर्भमा वातावरणीय न्याय
५८ . बेवारिसे समस्याः शहरी सुकुमबासी
सङ्गीता लामा

५९ . ढलसँगै नदी र ' टि्रटमेन्ट प्लान्ट' मा बगेको पैसा
सुरेश मानन्धर

६० . पर्साको विषालु नदी
चन्द्रकिशोर

६१ . गोकर्णल्याण्डफिल साइटभित्रको कथा
हरि थापा

खण्ड १०
वातावरणीय कानून / नीति तथा अन्तर्राष्ट्रिय सन्धिहरू
६२ . नेपालमा वातावरणीय सुशासनको व्यवस्था
तिलप्रसाद श्रेष्ठ

६३ . अन्तर्राष्ट्रिय वातावरणीय राजनीति तथा वातावरणीय सन्धि / सम्झौताहरू
शरद घिमिरे

सन्दर्भ सामग्री

<<Previous publication                                                                             Next publication >>
Today:                   
Last Updated: 03/09/2010
Newly Published Books