चौतारी पुस्तक शृङ्खला १६
| सम्पादकको कलम
केशवराज पराजुली पहिलो संस्करण २०६० / सन् २००३ पृष्ठ २५६ , मूल्य १५० ISBN 99933-812-1-7 |
|
काठमाण्डूबाहिर पनि पत्रकारिता भैरहेको छ । भलै , काठमाण्डूको तुलनामा त्यो लगानी, प्रविधि, पहुँच, प्रभाव सबै किसिमले पछाडि होओस् । त्यस्तै, पत्रिकाका सामग्रीको स्तरमा पनि काठमाण्डू नै अगाडि छ, जुन अस्वाभाविक होइन । तर यो कुरा पत्रिकाले बोक्ने विचार- सम्पादकीय- का हकमा लागू हुँदैन । सम्पादकको कलममा सङ्गृहीत सम्पादकीयहरु त्यसका साक्षी हुन् ।
२०३९ सालमा पोखरामा स्थापित दैनिक जनमतमा पाँच वर्ष - २०५२- २०५७) को अवधिमा छापिएका सम्पादकीयमध्येबाट छानिएका करिब अढाई सय सम्पादकीय आलेखहरु पुस्तकमा सङ्कलित छन् । सङ्गृहीत आलेखहरुलाई छोटा निबन्धका रुपमा अध्ययन मनन गर्न सकिन्छ नै, फैलँदो मिडिया अध्ययन विश्लेषणका लागि पनि यसले सहयोग पुर् याउने छ ।

