Skip to main page content Skip to main navigationbar


Logo of Martin Chautari. Logo of Martin Chautari written in enlish and Nepali.

 

चौतारी पुस्तक शृङ्खला १४
मिडिया उत्पादन र अन्तर्वस्तु

सम्पादकः रमेश पराजुली र प्रत्यूष वन्त

प्रकाशकः मार्टिन चौतारी र सामाजिक विकास तथा अनुसन्धान केन्द

पहिलो संस्करण २०६० / सन् २००३

पृष्ठ १७६ , मूल्य रु १२५

ISBN 99933 782 9 1
Picture of the book: Media Production and Content

प्रकार , प्रस्तुति र पहुँच सबै हिसाबले दिनदिनै फैलँदो मिडिया क्षेत्रप्रति मानिसहरूको, अध्येताहरूको रुचि पनि बढ्दैछ । मिडियाका विभिन्न अवयवमाथि विविध कोण र पक्षबाट प्रक्रियाबद्ध अध्ययन, खोज हुन थालेका छन् । मिडिया अध्ययनको महत्वपूर्ण पाटो रहेको मिडिया उत्पादन प्रक्रियालाई केन्द्रमा राखी तयार गरिएका अनुसन्धानमूलक सामग्री मिडिया उत्पादन र अन्तर्वस्तुमा परेका छन् । मिडिया- संस्थाको स्वरूप र मिडिया उत्पादन प्रक्रियाले अन्तर्वस्तुमा पार्ने/ पारिरहेको प्रभावको लेखाजोखा पुस्तकमा गरिएको छ ।

परिचयबाहेक पुस्तकमा छ वटा अनुसन्धानमूलक लेखहरू समावेश छन् । पहिलो तीनवटा लेखहरूमा मिडिया उत्पादनमा भैरहेको गैरसरकारी संलग्नताको चर्चा छ । त्यसपछिका दुईवटा लेखमा मिडिया कन्टेन्ट उत्पादनमा रहेका कठिनाइ र प्रयास केलाइएको छ । माथिल्लो ' गेट' या ' फिल्टर' ले मिडियाको कन्टेन्ट तय गर्नमा निर्वाह गर्ने भूमिकाको अन्तिम लेखमा चर्चा गरिएको छ ।

मिडियाकर्मी , मिडिया अध्ययनका विद्यार्थी र मिडियामा रुचि र चासो राख्ने सबैलाई पुस्तक उपयोगी छ ।

 

पुस्तकमा के छ -

धन्यवाद

परिचय

रमेश पराजुली र प्रत्यूष वन्त

वैकल्पिक पत्रिकाः व्यवसायिकता र आत्मनिर्भरताको चुनौती

पूर्ण बस्नेत

नेपालमा फिचर सेवाको अभ्यास

कृष्ण अधिकारी

खोज सामग्री उत्पादनः खोज पत्रकारिता केन्द्रको प्रयास

कोमल भट्ट

इन्टरनेट र नेपाली मिडिया

गौरब राज उपाध्याय

' खोज खबर' को खोजी

देवराज हुमागाईं

महिला र लैङ्गकितासम्बन्धी सवालहरूमा सकारात्मक हुँदैछ

नेपाली सञ्चारमाध्यम

मञ्जु थापा

लेखक / सम्पादक परिचय

 
logo of Martin chautari, a picture of a chautari site (a place for rest and debate, a central located site placed in every village in Nepal. Depicts a tree where the trunk shapes an M, and the ground, where people sat in the shade, forms the letters 'Martin Chautari' Image of the name 'Martin Chautari' in Nepali, link directing to information regarding Nepali version of site