चौतारी पुस्तक शृङ्खला १२


मिडियाको चिरफारः केही सामाजिक सन्दर्भ

  • सम्पादकः प्रत्यूष वन्त र रमेश पराजुली

    प्रकाशकः मार्टिन चौतारी र सामाजिक विकास तथा अनुसन्धान केन्द

    पहिलो संस्करण २०६० / सन् २००३

    पृष्ठ २०० , मूल्य रु १५०

    ISBN 99933 782 8 3


    पुस्तक समीक्षा
    राजधानी (सौजन्य) पृष्ठ 'ख' १३ भदौ, २०६०

विषम छ समाज । समाजभित्र धनी - गरिब, तँ- म, उचनीच, जातपात छ । त्यसैले अन्याय छ, शोषण छ, पीडक छन्, पीडित पछि छन् । भेदभाव छ । खाडल छ । यी खाईहरु, यी विभेदहरु मेटिनु पर्छ, कम गरिनु पर्छ भन्नेमा मतैक्य छ । तर, झनै बढ्दै छ दूरी; हुने र नहुनेबीच । यिनै असमानताहरुले जन्म दिएका छन् यावत सामाजिक समस्याहरु । मिडियाले यी सामाजिक सवालहरुलाई कसरी हेरिरहेको छ, कसरी आफूलाई प्रस्तुत गरिरहेको छ भनेर खोतलेर हेर्ने प्रयास हो मिडियाको चिरफारः केही सामाजिक सन्दर्भ ।

चार सामाजिक इश्यु - वातावरणीय न्याय, गरिबी, एचअइभी/ एड्स र महिला जीवनवृत्तिबारे नेपाली छापाका सामग्रीहरुको प्रक्रियाबद्ध चिरफार गरिएका पाँचवटा लेख पुस्तकमा परेका छन् । सबै लेखमा सम्बन्धित विषयमा छापिएका सामग्रीहरुका आधारमा छापाका सबल र दुर्वल पक्षहरु केलाइएका छन् ।

प्रक्रियाबद्ध अध्ययन र टिप्पणीका यस्ता प्रयासले फस्टाउँदो मिडिया क्षेत्रलाई अझ बढी सबल र सक्षम तुल्याउने छ भन्ने विश्वास गरिएको छ । उल्लिखित विषय तथा मिडियामा रुचि र चासो राख्ने सबैलाई पुस्तक उपयोगी छ ।

 

पुस्तकमा के छ -

धन्यवाद

भूमिका - मिडियाको अध्ययनः हाम्रो प्रयास

प्रत्यूष वन्त र रमेश पराजुली

परिचय

जगन्नाथ अधिकारी

नेपाली छापामा वातावरणीय न्यायः विषयगत विश्लेषण

शरद घिमिरे

वातावरण , वातावरणीय न्याय र पोखरेली प्रेस

शेखर पराजुली

टीठलाग्दो छ छापामा गरिबीको लेखन

भास्कर गौतम

एचआइभी / एड्सबारेका छापा- सामग्रीः विषयवस्तु विश्लेषण

अबना वन्त

मिडियामा महिला जीवनवृत्तिः चालक महिलासम्बन्धी छापा - सामग्रीको एक अध्ययन

रमेश पराजुली

<<Previous publication                                                                             Next publication >>
Today:                   
Last Updated: 03/09/2010
Newly Published Books