चौतारी पुस्तक शृङ्खला ११
| नेपाली मिडिया सन्दर्भ ग्रन्थ
सम्पादकः शेखर पराजुली , प्रत्यूष वन्त, कृष्ण अधिकारी, कोमल भट्ट, देवराज हुमागाईं प्रकाशकः मार्टिन चौतारी र सामाजिक विकास तथा अनुसन्धान केन्द्र पहिलो संस्करण २०६० / सन् २००३ पृष्ठ ३६० , मूल्य रु २०० ISBN 99933 782 6 7 |
|
नेपाली मिडियाको फाँट उर्बर र फराकिलो बन्दैछ । मिडिया उत्पादनको सङ्ख्या र प्रकार साथसाथै मिडियामाथि गरिने टीका - टिप्पणीमा पनि उल्लेख्य वृद्धि भएको छ । विभिन्न प्रतिवेदन, कार्यपत्र, पत्रपत्रिका, स्मारिका र पुस्तक- मार्फत मिडियाबारे गरिने थरीथरीका प्रतिक्रिया र अनुसन्धान सार्वजनिक हुन्छन् । यो क्रम बढ्दो छ । मिडियाबारे प्रक्रियाबद्ध अनुसन्धान गर्नका लागि यसबारेका पुराना सामग्रीको अध्ययन वाञ्छनीय भए पनि तीबारे सजिलै जानकारी पाइँदैन । मिडियाका विभिन्न पक्षमा थप अध्ययन, अनुसन्धान गर्न चाहनेले यत्रतत्र छरिएर रहेका प्रकाशित अप्रकाशित सामग्रीको जानकारी एउटै सङ्ग्रहमा पाउन सकून् भनेर नेपाली मिडिया सर्न्दर्भ ग्रन्थ तयार गरिएको हो ।
यस पुस्तकमा मिडियासम्बन्धी पुस्तक , स्मारिकालगायत २०४७ सालयताका पत्रपत्रिकामा मिडियाबारे छापिएका सामग्रीको विवरण समावेश छ । यसबाहेक गोष्ठी छलफलमा प्रस्तुत कार्यपत्र, विभिन्न अनुसन्धानका अप्रकाशित प्रतिवेदन, विश्वविद्यालयमा शैक्षिक उपाधिका लागि गरिएका अनुसन्धान, शोधपत्र इत्यादिबारेको विवरण पनि यहाँ परेको छ ।
खोजबाट सङ्कलित सामग्रीलाई विषयगत आधारमा ३१ विभिन्न शीर्षकमा वर्गीकरण गरिएको छ। आवश्यकताअनुसार केही उपशीर्षक पनि दिइएको छ । प्रयोग गर्न सजिलो होस् भनेर लेखक अनुक्रमणिका पनि बनाइएको छ । यो पुस्तकमा भएका सामग्रीको जानकारीले मिडिया अनुसन्धाता , अध्येताका लागि आफ्नो अनुसन्धानको स्तर वृद्धि गर्न र भविष्यमा गरिनु पर्ने अनुसन्धानका क्षेत्र पहिल्याउन मद्दत पुर् याउनेछ भन्ने विश्वास गरिएको छ ।
पुस्तकमा के छ -
धन्यवाद Acknowledgement
सङ्क्षिप्त रुप Abbreviations
परिचय Introduction
1. पुस्तक Books
2. स्मारिका Souveniers
3 छापा माध्यम Print Media
3.1 छापा इतिहास Print History
3.2 साप्ताहिक पत्रिका Weeklies
3.3 गोरखापत्र संस्थानका प्रकाशन Publications of Gorkhapatra Corporation
3.4 मुद्रण तथा साजसज्जा Printing and Design
3.5 छापा विविध Miscellany
4 विद्युतीय सञ्चारमाध्यम Electronic Media
4.1 रेडियो नेपाल Radio Nepal
4.2 एफएम रेडियो FM Radio
4.3 सामुदायिक रेडियो Community Radio
4.4 रेडियो विविध Radio Miscellany
4.5 टेलिभिजन Television
4.6 विद्युतीय सञ्चार विविध Electronic Media Miscellany
5 पत्रकार/ पत्रकारका संघसंस्था Journalists/Associations
6 सरकारी सञ्चार संयन्त्र Government Media Mechanisms
6.1 गोरखापत्र संस्थान Gorkhapatra Corporation
6.2 प्रेस काउन्सिल नेपाल Press Council Nepal
6.3 राष्ट्रिय समाचार समिति National News Agency
6.4 सूचना विभाग Department of Information
6.5 सरकारी सञ्चारमाध्यम विविध Government Media Miscellany
7 शिक्षण/ प्रशिक्षण Education/Training
8 व्यावसायिकता/ आचारसंहिता Professionalism/Code of Conduct
8.1 व्यावसायिकता Professionalism
8.2 आचारसंहिता Code of Conduct
8.3 अश्लीलता Obscenity
8.4 श्रीषा प्रकरण Shreesha Scandal
9 लगानी/ व्यवस्थापन Investment/Managment
10 मिडिया र बजार Media and Market
10.1 बिक्री/ वितरण Marketing/Circulation
10.2 विज्ञापन Advertisement
11 नीति, नियम र ऐन Policies, Regulations and Acts
12 मिडिया, प्रजातन्त्र र प्रेस स्वतन्त्रता Media, Democracy and Press Freedom
12.1 मिडिया र प्रजातन्त्र M Media and Democracy
12.2 प्रेस स्वतन्त्रता Press Freedom
13 मिडिया र राजनीति Media and Politics
13.1 राजनीति Politics
13.2 मिडिया र संसद Media and Parliament
13.3 सङ्कटकालमा पत्रकारिता Journalism During Emergency
14 मिडिया र अदालत Media and Judiciary
15 जातिर्/ वर्गविशेष र मिडिया Different Sections of Society and Media
15.1 महिला Women
15.2 बालबालिका Children
15.3 युवा Youth
15.4 दलित Dalits
15.5 जनजाति Ethnic Groups
15.6 मधेसी Madhesis
15.7 अपाङ्ग Disabled
16 क्षेत्रीय मिडिया Regional Media
17 ग्रामीण/ सामुदायिक सञ्चार Rural/Community Media
18 विकास पत्रकारिता Development Journalism
19 वातावरण पत्रकारिता Environmental Journalism
20 स्वास्थ्य र सञ्चार Health and Media
21 आर्थिक पत्रकारिता Economic Journalism
22 खेलकुद पत्रकारिता Sports Journalism
23 अपराध पत्रकारिता Crime Journalism
24 विज्ञान पत्रकारिता Science Journalism
25 रङ्ग पत्रकारिता Film Journalism
26 साहित्यिक पत्रकारिता Literary Journalism
27 पत्रकारितामा भाषा Language in Journalism
28 फोटो पत्रकारिता Photojournalism
29 कार्टुन Cartoon
30 विविध Miscellany
30.1 छुटेका र थप सामग्री Omissions and Additions
31 नियमित प्रकाशनहरू Periodicals
अनुक्रमणिका Index
सम्पादक परिचय Introduction to Editors

