स्रोताको अनुभव
2021-10-18- गणेश राई
'रेडियो' भन्ने बित्तिकै आमनेपालीको मस्तिष्कमा एउटा पुरानो सांस्कृतिक तरङ्ग पैदा हुन्छ । र, आकृति लिन्छ, रेडियो नेपालको । त्यत्तिनै खेर 'एफएम !' भन्दा छोटा-मोटा समाचार र आधा अंग्रेजी मिसिएका गीत-संगीत सम्झन पुग्छौँ । रेडियो नेपालबाहेक ५६ वटा एफएम स्टेसन सञ्चालन अनुमति दिइएका छन् त्यसैले पनि यो सम्भव भएको हो ।
रेडियो र एफएम शब्दले तपार्इं-हामीलार्इ जसरी प्रभाव पारेको भए पनि यसले समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । भरखरै प्रकाशित 'रेडियो नेपालको सामाजिक इतिहास' पुस्तकले यसबारे संक्षिप्त जानकारी दिने जमर्को गरेको छ ।
मार्टिन चौतारीद्वारा प्रकाशित यो पुस्तकको सम्पादक प्रत्यूष वन्त, शेखर पराजुली, देवराज हुमागार्इं, कृष्ण अधिकारी र कोमल भट्ट छन् । पुस्तक आवरण, सूची, प्राक्कथनबाहेक ४५० पृष्ठको छ । 'रेडियो नेपाल' भन्दा आम स्रोताले जे अनुभव र अनुभूति गरेका छन् त्यही अनुभूतिको संस्थागत अनुहार पाठकसम्म पुर्याउने जमर्को गरेको छ, पुस्तकले ।
नेपाल प्रजातन्त्रप्राप्तिमा होमिएका योद्धा तारिणीप्रसाद कोइराला, नारदमुनि थुलुङहरूले पूर्वाञ्चलबाट थालनी गरेको कदम थियो, प्रजातन्त्र नेपाल रेडियो । त्यही सुनौलो कदमले ००७ चैत २० गते सिंहदरवारभित्र संस्थागत पहल हुन पाएको हो । त्यही प्रजातन्त्र नेपाल रेडियो अन्तत: रेडियो नेपाल बन्न सकेको हो । त्यतिखेर संसारमा रेडियो प्रसारण प्रविधि सुरु भएको आधा शताब्दी भइसकेको थियो ।
नेपाली समाजमा रेडियो जति लोकपि्रय छ त्यसभित्रको नालीबेली बृहत् हुन नसक्दा हुनसक्नु पर्ने सही कदम र विश्वस्तीय सेवा बढ्नसकेको छैन । रेडियो तरङ्गका माध्यमबाट समाजलार्इ जति जागरुक र उन्नतशील तुल्याउन सकिन्थ्यो त्यो हुन सकेन । सस्तो मनोरञ्जन र हरपल सत्ताको बखानमे रुम्मलिनु पर्ने बनाएर कुजो बनाइएको अन्वेषकले औैँल्याएका छन् ।
स्थापनाको चार दशक रेडियो नेपाल जुन रूपमा थियो त्यसपछिको दिनमा पनि उस्तै नियतिमा गुज्रिएको प्रस्ट्याइएको छ । भनिएको छ, '०४६ को जनआन्दोलनपछि सरकारमा पुगेका राजनीतिक पार्टीले पनि रेडियो नेपालको दुरुपयोग गर्न छाडेनन् । सकेजति दोहन गरे । विभागीय मन्त्री परिवर्तन हुने बित्तकिै आफ्ना कार्यकर्तालार्इ जागिरेका रूपमा रेडियो नेपालमा भर्ती गर्ने चलन बढ्दै गयो । २०५४ मा समाचार शाखामा मात्र ६६ कर्मचारी कार्यरत थिए । ०६० को अन्तसम्ममा नयाँ संख्या बढेर एक सयको हाराहारीमा पुगेको छ । पारिश्रमिकबापतको अत्यधिक खर्च रेडियो नेपालको आर्थिक स्थिति खस्काउन प्रमुख जिम्मेवार देखिन्छ । साथै चर्को विद्युत् महसुल नियन्त्रण गर्नेतर्फ कदम नचालेका कारण पनि रेडियो नेपाल आर्थिक रूपले मारमा परेको छ ।'
अनुसन्धानको पहिलो खण्डमा संस्थागत पक्ष्ा केलाउने काम भएको छ । जसमा रेडियो नेपालभन्दा पहिलेको युगमा नेपालीको रेडियो अनुभव । रेडियो नेपालको जन्म । सरकारी नीति योजना । रेडियो नेपालको संस्थागत र आर्थिक विकासक्रम । यस्तै दोस्रो खण्डमा कार्यक्रम र उत्पादन पक्षलार्इ विस्तारित रूपमा चर्चा गरिएको छ । यसमा रेडियो नेपालले सञ्चालन गर्दैआएका कार्यक्रम धार्मिक, सांस्कृतिक, भाषिक, साहित्यिक, सैनिक कार्यक्रम आदि छन् ।
अन्तिम खण्डमा रेडियो र समाजअन्तर्गत रेडियो नेपालमा महिला कार्यक्रम विगत-वर्तमान, रेडियो नेपाल र जनजाति, रेडियोमा मधेश र मधेशी, श्रोता सर्वेक्षण र रेडियो नेपालका प्रकाशनहरू र्शीषकहरूमा सविस्तार चर्चा गरिएका छन् । प्रहरी र दलितसम्बन्धी प्रसारित कार्यक्रमबारे समेटिएको छैन । यो पुस्तकमा रेडियोका पिता इटालेली गुग्लिलमो मार्कोनी सन् १८९६ मा रेडियो पहिलो पेटेन्ट लन्डनमा दर्ता गरेका घटनामा मात्र होइन, छिमेकी मुलुक भार र चीनमा समेत कहिले र कसरी रेडियो सञ्चारले प्रवेश पाए अनि विकासको क्षेत्र कसरी विस्तार भयो भन्नेसमेत समेटिएको छ ।
कान्तिपुर, २० चैत २०६१ (2 April 2005), पृ ७